सप्तरी/मंसिर १७ गते। सप्तरीको ड्रिम नेपाल युथ एशोसिएसन नामक संस्थाले जाँजरकोट भूकम्प पीडितलाई राहत पुर्याउने उदेश्यले पहल सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पुगेर सप्तरीका प्रमुख जिल्ला अधिकारीसँग ड्रिम नेपालका सदस्यहरु बिच पीडितसम्म राहत पुर्याउने विषयमा छलफल गरेको छ ।
प्रजिअसँग जाँजरकोटका भूकम्प पीडितलाई राहत पुर्याउने प्रक्रिया बिष्यमा ब्यापक छलफल भएको ड्रिम नेपालका अध्यक्ष कमल किशोर साहले बताए । उनले यसै हप्तामा पीडितसम्म राहत सामग्री पुर्याउने योजना रहेको जानकारी दिए ।
गत कात्तिक १७ गते जाँजरकोटको रामीडाँडालाई केन्द्र बिन्दु बनाएर आएको भूकम्पमा परी १ सय ५७ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा जाँजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् । भूकम्पबाट ५० हजार भन्दा बढी घरमा क्षति भएको छ ।

















Discussion about this post