nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टी-२० विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र बन्यो युगान्डा, बाहिरिए जिम्बाबे र केन्या

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १४, २०८०, ६:२१ मध्यान्ह
टी-२० विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र बन्यो युगान्डा, बाहिरिए जिम्बाबे र केन्या

मंसिर १४ गते । युगान्डा सन् २०२४ मा आयोजना हुने आईसीसी टी—२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । युगान्डा अफ्रिकी महादेशबाट आगामी टी—२० विश्वकपका छनोट हुने दोस्रो राष्ट्र बनेको हो ।

यसअघि अफ्रिकी महादेशबाट नामिबिया आगामी विश्वकपमा छनोट भइसकेको छ । युगान्डा आगामी टी—२० विश्वकपमा छनोट हुने २०औँ तथा अन्तिम राष्ट्र पनि हो । नामिबियामा जारी अफ्रिकी महादेशको अन्तिम चरणको छनोट प्रतियोगितामा बिहीबार युगान्डाले रुवान्डालाई नौ विकेटको फराकिलो अन्तरले हरायो । उक्त जितसँगै युगान्डा विश्वकपमा छानिएको हो । युगान्डाको जितसँगै दुई बलिया टोली जिम्बाबे र केन्या भने विश्वकपमा छनोट हुन असफल भए ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको रुवान्डाले १८.५ ओभरमा अलआउट हुनुअघि ६५ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको युगान्डाले भने ८.१ ओभरमा केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

युगान्डाको जितमा ओपनर ब्याट्सम्यान सिमोन सेसाजीले अविजित २६ रनको योगदान गरे । उनले २१ बलमा पाँच चौका पनि हिर्काए । अर्का ओपनर रोनक पटेलले २० बलमा चार चौकाको मद्दतले १८ रन बनाए । रोजर मुकासाले पनि आठ बलमा दुई चौकाको मद्दतले अविजित १३ रन जोडे । युगान्डाले अतिरिक्त रुपमा नौ रन पायो ।

यसअघि पहिले ब्याटिङ गरेको रुवान्डाका लागि ओपनर ब्याट्सम्यान एरिकले सर्वाधिक १९ रन बनाएका थिए । मुहम्मद नादिरले टोलीको खातामा ११ रन थपेका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो सँख्यामा रन बनाउन सकेनन् । युगान्डाका बलर ब्राइन मासाबा, हेनरी सेनयोन्दो, दिनेश नकरानी र अल्पेस रमजानीले दुई—दुई विकेट लिए ।

सन् २०२४ को टी—२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रतियोगिता आगामी जुन ४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । यसपटक टी—२० विश्वकपमा २० वटा राष्ट्रको सहभागिता रहनेछ ।

अमेरिका र वेस्ट इन्डिज आयोजकको रुपमा विश्वकपमा सहभागी हुनेछन् । अघिल्लो टी—२० विश्वकप तालिकाको माथिल्लो आठ स्थानमा रहने टोलीले भने स्वतः सन् २०२४ को विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । सोही प्रावधान अनुरुप अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका विश्वकपमा छनोट भइसकेका छन् ।

यसैगरी आईसीसी टी—२० वरीयतामा माथिल्लो स्थानमा रहेका आधारमा अफगानिस्तान र बंगलादेश पनि विश्वकपमा छनोट भइसकेका छन् । यसका अतिरिक्त छनोट चरण पार गर्दै युरोप महादेशबाट आयरल्यान्ड र स्कटल्यान्ड विश्वकपमा पुगेका हुन् ।

पूर्वी एसिया—प्रशान्त क्षेत्रबाट पपुवा न्यु गिनी विश्वकपमा छनोट भएको छ । अमेरिकी महादेशको छनोट प्रतियोगिताबाट क्यानडा विश्वकपमा पुगेको छ । एसिया महादेशको छनोट प्रतियोगिताबाट भने नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरिसकेका छन् । अफ्रिका महादेशबाट नामिबिया र युगान्डा विश्वकपमा पुगेका हुन् । स्रोत-रातोपाटी बाट

Discussion about this post

Related Posts

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पक्षले बिहीबार एकै दिन ३१९१ वडामा नयाँ नेतृत्व चयन

जनकपुरधामको वडा न.-१ मा नेपाली कांग्रेसको वडा सभापतिमा लभ अधिकारी निर्विरोध निर्वाचित

जनकपुरधामको वडा न.-१ मा नेपाली कांग्रेसको वडा सभापतिमा लभ अधिकारी निर्विरोध निर्वाचित

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : अवसर र चुनौतीबारे समीक्षात्मक अन्तरक्रिया’ कार्यक्रम जनकपुरधाममा सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : अवसर र चुनौतीबारे समीक्षात्मक अन्तरक्रिया’ कार्यक्रम जनकपुरधाममा सम्पन्न

मधेश प्रदेश भलिबल संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

मधेश प्रदेश भलिबल संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि