जनकपुरधाम/मंसिर १२ गते । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । धनुषाको हँसपुर नगरपालिका वडा नं. ८ झटियाही स्थित करेन्ट लागेर मृत्यू भएको हो ।
सोमबार विहान ११ बजेको समयमा आफ्नै खेतमा पानी सिँचाई गर्न पुगेका उनको नांगो तरमा करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post