मंसिर १० गते । सर्लाहीमा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ ।
जिल्लाको बसबरिया गाउँपालिका ५ धनगढामा करेन्ट लागेर स्थानीय पन्ची रायकी श्रीमती ८० वर्षीया बिल्टी देवी यादवको ज्यान गएको प्रहरीले जनाएका छन् ।
शनिबार साँझ बोर्डिङ स्कुलमा जोडिएको बिजुलीको तारमा छुँदा करेन्ट लागेर वृद्धाको ज्यान गएको प्रहरीले जनाएका छन् ।
चुँडिएर कालो टेप लगाइएको तार पुनः चुँडिएको र त्यही तारमा छुँदा उनको मृत्यु भएको हो ।
मृतक वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको सर्लाही प्रहरीले जनाएका छन् ।

















Discussion about this post