गिरिजानन्द/जनकपुरधाम/असोज २४ गते। जनकपुरधाममा अवध मिथिला फाउन्डेसनले विभिन्न संघसंस्थाको समन्वयमा आश्विन २९ गते विश्व खाद्य दिवसको अवसरमा अवध मिथिला संस्कृति एक झलक कार्यक्रमको आयोजना गर्ने भएको छ।

यस कार्यक्रममा भारतको बिहार राज्यको मन्त्री र उच्च पदस्थ अधिकारीहरुलाई आमन्त्रित गरिएको छ ।कार्यक्रममा उपस्थित हुन लागेको अतिथिको स्वागत सत्कारमा मधेश प्रदेश को मन्त्री र सभामुखको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य अतिथिहरु सम्मुख मिथिला संस्कृति र खानपानको प्रबर्द्धन संग जानकी मन्दिरका साथै धनुषाधाम, जलेश्वरनाथ लगायतका पर्यटकीय स्थलहरूको भ्रमण गराई प्रचार प्रसार गर्ने रहेको ।

यो भव्य कार्यक्रमको सफलताको लागि गठित उपसमितीहरुका पदाधिकारीहरु ,संघ संस्थाका प्रतिनिधिहरू, सम्पुर्ण कोर समितिका पदाधिकारीहरु र अबध मिथिला फाउन्डेसनका सम्पुर्ण पदाधिकारिहरु बीच अफ्नो काम,कर्तव्य,अधिकार र कार्यक्रम को रुपरेखा सम्बन्धी गहन छलफल शनिबार समपन्न भएर त्यही अनुसार कार्यक्रमको तयारी द्रुत गतिमा गरिरहेको आयोजकले जनाएको छ।

















Discussion about this post