nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : प्रेमविवाह गरेकी दलित युवतीको बिचल्ली

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १७, २०८०, ८:४१ मध्यान्ह
सिरहा : प्रेमविवाह गरेकी दलित युवतीको बिचल्ली

मणिलाल विश्वकर्मा/सिरहा/असोज १७ गते। गैरदलित युवकसँग प्रेमविवाह गरेकी सिराहाको गोलबजार नगरपालिका– १ माइती भएकी २४ वर्षीया देविका सदायले विवाह भएको दुई वर्षपछि कथित अछुत भन्दै श्रीमान् र परिवारले अस्वीकार गरेपछि आफू बिचल्लीमा परेको गुनासो गरेकी छिन् ।

मिर्चैया नगरपालिका– ९ भगवानपुर गाउँका २५ वर्षीय विजय महतोसँग प्रेमविवाह गरेकी उनले श्रीमान् र उनको परिवारका सदस्यले दलित युवतीलाई कसरी बुहारी मान्न सकिन्छ भन्दै अस्वीकार गरेको गुनासो गरिन् । ‘विदेशबाट कमाएर फर्किएपछि अदालतमा विवाह गर्ने र सँगै बस्ने कसम खाएका श्रीमान्लाई घरपरिवारका सदस्यहरूले लुकाएका छन्,’ उनले भनिन्, ‘झन्डै एक हप्ताअघि खाडी मुुलुक कतारबाट आएलगत्तै श्रीमान्ले अब म अर्की विवाह गर्छु भन्दै फोनबाट धम्क्याउँदै आएका छन् ।’

भगवानपुरमा रहेका फुपाजुको घरमा आश्रय लिएर बसेका वेला आफूसँग महतोले प्रेमविवाह गरेको उनको भनाइ छ । ‘ट्र्याक्टरचालकको काम गर्ने महतोले विवाह गर्छु भन्दै श्रीमती बनाएर गत वर्षको साउनमा बन्दीपुरमा करिब पाँच महिना डेरामा राखे,’ उनले भनिन् । गत मंसिरमा धनगढीमाई नगरपालिका– १२ सिमलटेकी आहाले गाउँमा ऐलानी जग्गामा झुपडी बनाएर आफूलाई त्यहीँ राखी श्रीमान् महतो वैदेशिक रोजगारीका लागि कतार गएको उनले बताइन् । ‘विदेशमा रहुन्जेल वेलावेलामा खर्चसमेत पठाउँदै आएका थिए, असोजको दोस्रो हप्ता कतारबाट गाउँ फर्किएलगत्तै फोन गरेर घरमा बुहारी स्विकार्न मानेनन्, म दोस्रो विवाह गर्छु भनेपछि प्रहरीमा उजुरी दिएकी छु,’ उनले भनिन् ।

झुक्याएर गर्भपतन
पीडित सदायले १० असोजमा मिर्चैयास्थित इलाका प्रहरी कार्यालयमा महतोलाई कारबाहीको माग गर्दै उजुरी दिएकी छिन् । विदेश जानुअगाडि आफू गर्भवती रहेको जानकारी दिँदै उनले प्रश्न गरिन् ‘मलाई सन्चो नभएको वेला झुक्याएर गर्भपतन गराउने औषधि खुवायो, त्यसले मेरो गर्भको बच्चा खेर गयो । गर्भ खेर गएपछि आफ्नो बाटो लाग्छे भन्ने षड्यन्त्रसहित त्यसो गरेको रहेछ । नत्र विदेशबाट फर्किनेबित्तिकै किन मलाई त्यसरी धम्क्याउँथ्यो ?’

कतारबाट फर्किएपछि महतोले ९ असोजमा मिर्चैयाबाट आफू बस्दै आएको आहाले गाउँमा केही केटाहरूलाई पठाएर आफूमाथि कुटपिट गर्न खोजेको उनले बताइन् । ‘श्रीमान्ले नै धम्क्याउँदै केही रकम लिएर मलाई छुटकारा दे भनिरहेका छन्,’ उनले भनिन् ‘दुई वर्षसम्म श्रीमतीको रूपमा राखेर अहिले छोड भनिरहेको छ, के म खेलौना हुँ र ?’

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले सदायले उजुरी दिएपछि महतो फरार भएकाले अभिभावकलाई झिकाएर कुराकानी गरिएको जानकारी दिए । ‘दुवै पक्षसँग गरिएको कुराकानीको आधारमा १७ असोजका लागि पुनः दुवै पक्षलाई बेलाइएको छ,’ उनले भने । स्रोत-नयाँ पत्रीकाबाट

 

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि