असोज १२ गते । नेपालकै प्रसिद्ध सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता मन्दिरमा आज देखि महागंगा आरती शुरू हुने भएकाे छ ।
मन्दिरका पीठाधीश महाकान्त ठाकुरले शुक्रबार (आज) साँझदेखि याे महाआरती शुरू हुन लागेकाे जानकारी दिए । प्रत्येक दिन गर्नेगरी महाआरती शुरु गर्न लागिएको उनले जानकारी दिए । मन्दिरकाे मूलगेट अगाडि महाआरती शुरू हुने भएकाे छ।
महाआरतीमा दैनिक ५ जना संलग्न हुनेछन् । उनीहरूलाई भारतकाे बनारस र कुशेश्वर स्थानबाट आरती सम्बन्धी विशेष तालिम दिएकाे उनले बताए ।
ठाकुरले देशको अन्य ठाउँभन्दा विशेष तरिकाले महागंगा आरती शुरू गरिने बताउँदै सहभागी हुन सबैसँग अनुराेध गरेका छन् ।

















Discussion about this post