सप्तरी/असोज ११ गते । सप्तरीमा एक १६ वर्षिया किशोरीमाथि बलात्कार भएको छ ।
यहि असोज ३ गतेबुधबार राति १६ वर्षीया दलित किशोरीमाथि सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का २४ वर्षीय महेशकुमार साहले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले बुधबार प्रहरीमा उजुरी दिएपछि घटनाको ९ दिनपछि उक्त घटना सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार असोज ३ गते रातीको समयमा साहले ती किशोरीलाई विभिन्न बहानामा बोलाई गाई गुहालीमा लगि बलात्कार गरेको खुलेको छ । पीडित किशोरीले मुख थुनेर मार्ने धम्की दिँदै जबरजस्ती गरेको बताएकी छिन् ।
बलात्कार आरोपी साह विरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ । वलात्कारीलाइ बचाउन खोजने र पिडित लाई मिल्न दवाव दिने अक्रो एक जना विरुद्द समेत उजुरी परेका छन ।
किशोरीलाई बलात्कार गर्ने महेश र बलात्कारको घटना मिलाउन दबाब दिने अर्का एक युवक प्रहरीमा उजुरी परेको थाहा पाएपछि फरार भएका छन् ।
फरार दुबै जनाको खोजिकार्य भइरहेको जनाउँदै बलात्कारको घटना ढाकछोप तथा मिलाउन दबाब दिने युवकको नाम अनुसन्धानमा बाधा पर्न नदिने मनसायले गोप्य राखिएको प्रहरीको भनाई छ ।
किशोेरीका आफन्तले महेश र घटना मिलाउन दाबब दिने व्यक्ति बिरुद्ध किटानी जाहेरी समेत दिएका छन् । किशोरीको स्वास्थ्य परिक्षणबाट पनि बलात्कारको पुष्टि भएको भन्दै प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

















Discussion about this post