महोत्तरी/श्रावण २९ गते। महोत्तरीमा ढलान गर्ने मिक्चर मेशिनबाट करेन्ट लागेर एकजनाको मृ त्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा बजार बस्ने उपेन्द्र यादवको घर ढलान गर्ने क्रममा सोमबार दिउँसो करिब २ बजेको समयमा मिक्चरबाट अचानक करेन्ट सर्ट भइ करेन्ट लागेर सम्सी गाउँपालिका १ बस्ने ५५ वर्षीय राज किशोर यादवको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका उनलाई तत्काल जानकी एकेडेमी पर्सा रामगोपालपुरमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ र घाइते सम्सीकै ४५ वर्षीय सुरेश खत्वे मण्डल र रामगोपालपुर नगरपालिका ४ बस्ने ३४ वर्षीय बिपिन मण्डलको उपचार भइरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

















Discussion about this post