nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टेरामक्स लागू नगर्ने पक्षमा टेलिकम र एनसेल

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०८०, १०:४३ बिहान
टेरामक्स लागू नगर्ने पक्षमा टेलिकम र एनसेल

श्रावण २७ गते । दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण तथा न्यूनीकरण गर्न र दूरसञ्चार सेवालाई भरपर्दो, विश्वासिलो र गुणस्तरीय बनाउन भनेर ल्याउन खोजिएको टेरामक्स प्रविधिले कुनै पनि व्यक्तिको फोन कल, एसएमएसलगायत गोप्य विवरण रेकर्ड गर्न सक्ने भएकाले विवादित बनेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई लागू गर्न भनेर पटकपटक निर्देशन जारी गरे पनि लागू हुन नसकेको सो प्रविधिले कल बाइपासको विवरण पत्ता लगाउने दाबी प्राधिकरणले गरेको छ । आर्थिक वर्ष २०७४–७५ बाट २०७८–८९ को अवधिमा सेवा प्रदायकको ग्राहक संख्या झन्डै दोब्बर हुँदासमेत कल बाइपासका कारण आम्दानीमा २१ अर्बले कमी आएको हुन सक्ने आंकलन गर्दै प्राधिकरणले यो प्रविधि भित्र्याउन खोजेको जनाएको छ । यसले टेलिकम अपरेटर कम्पनीले निक्र्यौल गरेको ट्राफिक भोलुम सही र पूर्णरूपमा भए नभएको सुनिश्चित मात्र गर्ने पनि प्राधिकरणको भनाइ छ ।

यसले विवादमा आएको जस्तो कुनै पनि ग्राहकको भ्वाइस ट्यापिङ नगर्ने दाबी प्राधिकरणका अध्यक्ष पुरुषोत्तम दाहालले गरे । यसबाट कुनै पनि ग्राहकको एसएमएस कन्टेन्ट हेर्न नसक्ने भनाइ पनि उनको छ ।यो प्रविधिले रिसिभ गर्ने भ्वाइस तथा एसएमएसको सिग्नलमा आरटिपी प्रोटोकल ट्याग्ड गरेको हुँदा एसएमएसको कन्टेन्ट रिड गर्न नसक्ने यस प्रविधिले अपरेटरको मिडिया फाइल एक्सेस नगर्ने हुँदा भ्वाइस ट्यापिङ हुन नसक्ने पनि अध्यक्ष दाहालको भनाइ छ ।

आर्थिक वर्ष २०६८ बाट २०७६ सम्ममा १२ अर्बभन्दा धेरै आम्दानी कल बाइपासका कारण गुमेको देखिएको र यसको कारण पहिल्याउन टेरामक्स आवश्यक भएको प्राधिकरणले उल्लेख गर्दैै आएको छ ।

प्राधिकरणले राजस्व निगरानी, ठगी नियन्त्रण र गुणस्तर सुनिश्चितताका लागि भन्दै टेरामक्स प्रणाली तत्काल कार्यान्वयनमा ल्याउन साउन ८ मा नेपाल टेलिकम र एनसेल आजिएटालाई पत्र पठाएको थियो । एनसेलले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सँग इन्टिग्रेट-कनेक्ट अर्थात् हालसम्म नजोडेको र कुनै पनि परिस्थितिमा ग्राहकसँग सम्बन्धित डाटामा सम्झौता नगर्ने उल्लेख गरेको छ ।

दूरसञ्चार प्राधिकरणले उर्दी जारी गरे पनि हामी टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभाव प्राविधिक अध्ययन गरिरहेको एनसेलले जनाएको छ । टेरामक्ससम्बन्धी प्राविधिक अध्ययनको निष्कर्ष र प्रचलित कानुनका आधारमा रही निर्णय गर्ने पनि एनसेलले जनाएको छ । यो प्रविधि स्पष्ट नभएसम्म हाम्रो सिस्टम इन्टिग्रेट नगर्ने पनि एनसेलले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

नेपाल टेलिकमले पनि कार्यान्वयन नगर्ने अडान राखेको छ । जसका कारण प्राधिकरणले कारबाहीस्वरूप नेपाल टेलिकमलाई उपलब्ध गराउने सिफारिसलगायत सहजीकरणको काम बन्द गरिदिएको छ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले नै टेरामक्स लागू गर्न आनाकानी गरेपछि नियामकीय निकाय प्राधिकरण नेतृत्वलाई नैतिक संकट परेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

Tags: पत्रपत्रीका

Discussion about this post

Related Posts

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि