श्रावण २२ गते । किर्ते र ठगी मुद्दामा यसअघि पनि प क्राउ परेर छुटेका सत्यन्द्र यादव उर्फ सत्यन्द्रप्रसाद अधिकारीलाई प्रहरीले फेरी प क्राउ गरेको छ ।
‘गृह मन्त्रालयको कर्मचारी हुँ’ भनेर वैदेशिक रोजगारीमा पठाउने नाममा ठगेको आरोपमा यादवलाई ललितपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोज केसीले रातोपाटीलाई बताए ।
रौतहटको गौर नगरपालिका–३ घर भएका यादवले क्यानडा र इजरायल पठाउँछु भनेर ३० लाख ५५ हजार ठगेको अनुसन्धानबाट थाहा भएको छ । यादवले आफूलाई वीर अस्पतालको चिकित्सक र गृह मन्त्रालयको कर्मचारी भनेर
चिनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । चिकित्सकको आवरणमा यादवले विरामीहरुलाई सिरिन्ज समेत लगाउने र प्रभावमा पार्ने गरेका थिए । उनले विकास पाण्डे नामका व्यक्तिको ब्लुबुक किर्ते गरेको भेटिएको छ । ६१ वर्षीय सत्यन्द्र यसअघि किर्ते, ठगी र बलात्कार मुद्दामा ५ पटक पक्राउ परेर छुटेका थिए ।

















Discussion about this post