सर्लाही/जेठ २९ गते। सर्लाहीमा सर्पले टोकेर एक बालकको मृ त्यु भएको छ।
जिल्लाको बागमती नगरपालिका-१२, बथाने बस्ने कुमार वि.क. का ४ वर्षीय छोरा सलिनको विषालु सर्पले टोकेर मृ त्यु भएको हो।
आइतबार राति सानीआमासँग सुतेका सलिन राति ११ बजेतिर एक्कासी रुन थालेपछि सर्पले डसेको आशंकामा उपचारका लागि लालबन्दी नगरपालिका-१, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।
उपचार केन्द्रमा ल्याउँदा बालकको मृत्यु भइसकेको केन्द्रका इन्चार्ज जगर्नाथ यादवले जानकारी दिए। बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्नै नपाएको उनले बताए।
बुवा वैदेशिक रोजगारीमा रहेको र आमा पनि झापा गएका बेला राति नजिकै रहेको सानीआमाको घरमा गएर सुतेका बेला बालकलाई सर्पले डसेको स्थानीयले बताएका छन्।
मृतक बालकको शव सोमबार बिहान परिवारका सदस्यले बुझेर लगेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ।





















Discussion about this post