nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी जलेश्वरमा पाँच वर्षपछि संसारी माई महापूजा हुने

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १३, २०८०, ७:५९ मध्यान्ह
महोत्तरी जलेश्वरमा पाँच वर्षपछि संसारी माई महापूजा हुने

जलेश्वर/जेठ १३ गते । जलेश्वरमा पाँच वर्षपछि धूमधामकासाथ मनाउन गइरहेको संसारी माई महापूजामा गरिने बलिप्रदानको लागि चिराकी शुल्क तोकिएको छ । यसका साथै जेठ १० गतेदेखि चिराकी शुल्क बापतको रसिद काट्ने काम सुरु हुने संसारी माई महापुजा मूल समारोह समितिका अध्यक्ष अशोक साहले बताउनुभएको हो । 

संसारी माई महापूजामा बली प्रदानका लागि बोकाको चिराकी शुल्क प्रतिथान तीन सय ५० रुपियाँ, परेवा, हाँस र मुर्गाको चिराकी प्रतिथान एक सय रुपियाँ शुल्क तोकिएको अध्यक्ष साहले बताउनुभयो ।  

संसारी माई महापुजा मूल समारोह समिति अध्यक्ष साहका अनुसार यही जेठ १० बुधबारदेखि चिराक बापतको रसिद काट्ने काम सुरु हुनेछ । चिराकी रसिद कटाउनका लागि जलेश्वर वडा नं. १ स्थित संसारी माई मन्दिरको छेउमै रहेको सार्वजनिक धर्मशालामा स्थापना गरिएको समितिको कार्यालयमा सम्पर्क राख्न आमजन समुदायसँग समितिले अनुरोध समेत गरेको छ । चिराकी बापत संकल्न हुने शुल्क बापतको रकम मेला आयोजनामा खर्च गरिने जनाइएको छ । 

समितिले यसअघि पाँच वर्ष पहिले भएको मेलामा छ हजार पाँच सय बली प्रदान भएको थियो भने यस पालि १० हजारको हाराहारीमा बलि प्रदान हुने अनुमान गरिएको छ । बलिप्रदानको अनुमानित सङ्ख्या अनुसार करिब ३५ लाख शुल्क संकल्न हुनसक्ने अनुमान समेत समितिले गरेको छ । 

चिराकी बापत संकल्न हुने शुल्क र थप दाताहरूबाट प्राप्त हुने नगद अथवा जिन्सी सहयोगबाट साताव्यापी मेला आयोजना हुन गई रहेको जनाइएको छ । यसका साथै समितिले साताव्यापी मेलाको कार्यक्रम समेत सार्वजनिक गरेको छ । 

जेठ १९ गते सुरुभई २६ गते बलिप्रदान पश्चात् संसारी माई महापुजा मेला सम्पन्न हुने कार्यक्रम छ । साता व्यापी कार्यक्रमअन्तर्गत जेठ १९ गते नगर सरसफाइ, २० गते कलश यात्रा, २१ गते महापाठ, २२ गते लखराम पूजाको कार्यक्रम तय गरिएको र २२ गतेदेखि २६ गते सम्म खोईच भराई तथा प्रसाद चौढानाको कार्यक्रम तय गरिएको जनाइएको छ ।

यसैगरी, जेठ २३ गते हनुमान आराधना, २४ गते अष्टजाम, २५ गते बिडी सलामी र महाआरती र २६ गते बलि प्रदान गर्ने कार्यक्रम रहेको संसारी माई मूल समारोह समितिले जनाएको छ । 

जलेश्वरनाथ महादेव मन्दिरको अगाडि रहेको वरुणसरको पूर्वी मुहारमा अवस्थित संसारीमाई मन्दिरका पुजारी महेन्द्र मुखियाले जेठ २६ गतेका लागि महापूजाको तिथि तय साता यापी कार्यक्रम तय गरेर महापूजाको तयारी तीव्र पारिएको मूल समारोह समितिले जनाएको छ । 

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चंगा, ड्रोन र बेलुन उडाउन रोक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चंगा, ड्रोन र बेलुन उडाउन रोक

मधेश प्रदेश सांसद जैनब खातुनको निधन

मधेश प्रदेश सांसद जैनब खातुनको निधन

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

कन्या संक्रान्ति, सूर्यले सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्ने दिन

कन्या संक्रान्ति, सूर्यले सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्ने दिन

आज विश्वकर्मा पूजा ,के छ विश्वकर्मा पूजाको आध्यात्मिक महत्व?

विश्वकर्मा पूजाः दिव्य वास्तुकारकाे रूपमा सम्झना गरिने पर्व

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि