जनकपुरधाम/जेठ २ गते । महोत्तरीमा पोखरीमा डु बेर एक बालकको मृ त्यु भएको छ।
सोनमा गाउँपालिका ७ जानकीनगर बस्ने उपेन्द्र सदाका ५ वर्षीय छोरा आसिक सदाको सोमबार साँझ पोखरीमा डुबेर मृ त्यु भएको छ ।
सोमबार साँझ करिब ६ बजे बालक घर नजिकैको पोखरीमा डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । सिकिस्त बालकलाई मोटरसाइकलमा राखेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ त्यु भएको हो ।
बालकको श व पोष्टमार्टमका लागि जलेश्वर प्रादेशिक अस्पतालमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।














Discussion about this post