सप्तरी/बैशाख २८ गते। सप्तरीमा मामा घर आएकी एक बालिकाले मंगलबार मुसा मार्ने विषादी सेवन गरेर आ त्मह त्या गरेकी छिन् ।
सप्तरीको महादेवा गाउँपालिका ३ बलिया बथनाहाकी १३ वर्षिया बालिका प्रिति कुमारी यादवले विषादी सेवन गरेर आ त्मह त्या गरेको प्रहरीले जनाएको छ ।
विषादी सेवनबाट गम्भिर बिरामी परेकी उनको उपचारको क्रममा बुधबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ त्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सप्तरीकै तिरहुत गाउँपालिका ४ डिमनमा मामा घर आएको बेला उनले मुसा मार्न प्रयोग गरिने विषादी सेवन गरेकी थिइन् । विषादी सेवन पश्चात् सिकिस्त भएकी उनलाई सुरुमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा उनको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन ।
यो सँगै जिल्लामा तीन महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ३१ पुगेको छ । थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।














Discussion about this post