बैशाख २६ गते। सोमबार बिहान आगलागी भएको छ।उक्त आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीमा परि एक ब्यक्ति समेत घाइते भएको छ।
सर्लाहीको बलरा नगरपालिका वडा न-११ छतौना स्थित स्थानीय गाजा सहनीको घरमा अचानक बिद्युत सर्ट भइ आगलागी हुँदा निजको घर भित्र रहेको सम्पूर्ण सरसामान सहित घर पुर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।
सहनीको घरबाट सुरु भएको आगोबाट छेउको दुईवटा घरमा समेत आंशिक क्षति पुगेको छ ।आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
उक्तआगलागीमा परेर घरधनी सहनी समेत सामान्य घाइते भएको र हाल उनको बलरा स्थित धुलिखेल अस्पतामा उपचार चलिरहेको प्रहरीले लोकतन्त्रलाई जानकारी गराएको छ।
स्थानिय र प्रहरीको संयुक्त प्रयासमा केही छिनमै आगलागी नियन्त्रणमा लिएइकोले ठुलो क्षति नभएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन्।














Discussion about this post