बैशाख २५ गते। विकास खर्चको दयनीय अवस्थ र वर्षैपच्छे बढ्दै गएको बेरुजुको अकारले समस्या झेल्दै आएको मधेश प्रदेश सरकार आगमी आर्थिक वर्ष २०८०/०८१ को वजेटको तयारीमा जुटेको छ ।
बाराको उपचुनावले सुस्त देखिएको प्रदेश सरकार असार १ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक वाध्यतालाई मध्यनजर गर्दै बजेट तयारीमा जुटेको हाे । प्रदेशकाे अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ तोकेर आगामी आवाको योजना तथा कार्यक्रम माग गरिसकेको छ । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टाईले बजेटको मार्गदर्शन र बजेटको सिलिङबारे सबै मन्त्रालय र प्रदेश सरकार माहत रहेको बजेट खर्च संयन्त्रलाई जानकारी गराइसकेको बताए ।
प्रदेश सरकारका ११ वटा मन्त्रालयमध्ये ४ वटा मन्त्रालय मुख्यमन्त्री सराेजकुमार यादवले आफैँसँग राखेका छन् । नेकपा एमाले सरकारबाट अगल भएदेखि मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार, गृह तथा संचार्र, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालय आफैँसँग राखेका छन् । सम्बन्धित मन्त्रालयका मन्त्री नहुदाँ बजेटको तयारी गर्न पनि कर्मचारिहरुलाई समस्या हुने गरेको छ । मुख्यमन्त्री यादव मन्त्रिमरिषद् विस्तारबारे नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धन दलका नेतासँग छलफल गर्न बिहीबारदेखि काठमाडाैंमा छन् ।
उनले अगामी आर्थिक वर्षका लागि संघीय सरकारले २० प्रतिशत कटौती गरी बजेट सिलिङ पठाएको बताउँदै सोही अनुसार प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बताए । संघीय सरकारले २० अर्बको बजेट सिलिङ पठाएको उनले बताए । जुन चालु आर्थिक वर्षभन्दा २० प्रतिशतले कम रहेको उनले बताए ।
चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारको बजेट ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँ रहेको छ । पछिल्लो ९ महिनामा प्रदेश सरकारले चैत मसान्त सम्म कुल बजेटको २१ दशमलव ४२ प्रतिशत आर्थात १० अर्ब ५ करोड १३ लाख ९९ हजार १८६ रुपैयाँ मात्र खर्च गरेको छ । चालुतर्फ ४ अर्ब ३६ करोड ७ लाख २० हजार ८७७ र पुँजीगततर्फ ५ अर्ब ६८ करोड ४३ लाख ७८ हजार ३०७ रुपैयाँ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको बजेट संघीय सरकारले दिने समान्यकरण, सर्शत, राजस्व बाँडफाँटसहितमा भर पर्ने हुदाँ अगामी वर्षको बजेटको अकारसमेत घट्ने अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक संकटका कारण प्रदेश सरकारको आन्तरिक आम्दनीसमेत गत वर्षको तुलनामा यस वर्ष घटेकाले पनि त्यसको प्रभाव बजेटमा पर्ने अर्थ मन्त्रालयका सूचना अधिकारि मिथिलेस महतोले बताए ।
बजेटको अकार चालु आर्थिक वर्षमा हुने खर्चमा पनि भर पर्ने भएकोले यसर्ष बजेट खर्चको अवस्था न्यून रहेको र बजेट खर्च कम भएको खण्डमा बजेटको अकार केही बढ्न सक्ने उनले बताए ।
अर्थमन्त्री संजय यादवले बजेटको तयारी भइरहेको बताए । अर्थ विज्ञ, वद्धिजीवी, राजनीतिक दल, व्यवसायीलगायतसँग छलफल गरेर जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने उनले बताए । मन्त्री यादवले कृषि, पर्यटन,स्वास्थ्यमा केन्द्रित रहेर रोगजार सिर्जना गने किसिमको बजेट ल्याउने तयारी भइरहेको बताए ।















Discussion about this post