nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : लामो समय पछी करिश्माले पाईन न्याय,डाक्टरसहित परिवारलाई सजाय

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १५, २०८०, १०:३६ मध्यान्ह
सप्तरी : लामो समय पछी करिश्माले पाईन न्याय,डाक्टरसहित परिवारलाई सजाय

सप्तरी/बैशाख १५ गते। लामो समय पछी सप्तरीकि करिश्माले न्याय पाएकी छिन । सप्तरीमा घरेलु हिंसा गर्ने डाक्टरसहित उनको परिवारलाई मंगलबार अदालतबाट सजाय भएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशबाट राजविराज नगरपालिका–५ स्वर्ण टोलका ३१ वर्षीय डाक्टर उज्जवल देवसहित उनको परिवारलाई जरिवानाको फैसला भएको हो।

श्रीमान, सासु, ससुराबाट घरेलु हिंसामा परेकी घरेलु एक महिलाले लामो कानुनी लडाईपछि अदालतबाट न्याय पाएकी छिन ।
    
राजविराज ५ निवासी करिश्मा चौधरीमाथी घरेलु हिंसा गर्ने सोही वडा निवासी श्रीमान् डा.उज्जवल देवसहित उनका परिवारलाई सप्तरी जिल्ला अदालतबाट जरिवाना लगायत विभिन्न फैसला सुनाएको छ । 
  

अदालतले करिश्मामाथी घरेलु हिंसा भएको ठहर गर्दै उनका श्रीमान डा.देव, ससुरा शशीकान्त देव, सासु पुर्णिमा देव र देवर उत्सव देवलाई जनही ३ हजार रुपैया जरिवाना हुने पैmसला गरेको हो । 
    
न्यायधिश हरिशचन्द्र इङ्गगनामको इजलासबाट भएको फैसलामा पीडितले अंश र भरण पोषण वापत मानाचामल खर्च पनि पाउने पीडकबाटप्रति महिना १० हजार रुपैया मानाचामल भरण पोषण वापत खर्च पाउने अदालतको फैसलामा उल्लेख छ । 
    
यस्तै देव परिवारको जायजेथाको चार भाग अंश लगाई त्यस मध्ये एक भागको आधा करिश्माले पाउने भएकी छिन ।करिश्माले २०७७ साल कार्तिक १९ गते सप्तरी जिल्ला अदालतमा अंश तथा भरण पोषणको मुदा दर्ता गरेकी थिइन ।

त्यस पछी शारिरीक र मानसिक यातना दिने क्रम झनै बढेपछी उनले श्रीमान र सासु, ससुरा, देवरलाई विपक्षी बनाई २०७९ साल माघ १९ गते घरेलु हिंसाको मुदा दर्ता गरेकी थिईन ।घरेलु हिंसाको मुदामा ३ महिना अघि माघ २० गते सप्तरी जिल्ला अदालतका न्यायधिश नविन कुमार जोशीको इजलासले अन्तरीम संरक्षणात्मक आदेश जारी गर्दै पीडीत महिलालाई शान्त र निर्भय वातावरणमा घरमा वस्न, खान लाउन दिनु तथा दाईजो माग्ने र कुटपीट लगायतका यातना दिने काम न गर्नु भनि आदेश जारी गरेको थियो । 
    
तर, आरोपीतहरुले पीडीत महिलालाई घर प्रवेश गर्न रोक लगाएका थिए । घर प्रवेश गर्न खोज्दा कुटपीट गरी ज्यान मार्ने धम्की समेत दिन थालेपछी उनी विचल्लीमा परेकी थिइन । पछिल्लो पटक गत माघ १७ गते उनी वडाअध्यक्ष बन्धु दास सहित पत्रकार, अधिकारकर्मी र प्रहरीको सहयोग लिई घर प्रवेशका लागी पुगेकी थिइन । उनी आउन लागेको थाहा पाएपछि श्रीमान डा.देव सहित परिवारका सबै सदस्य घरको मुल प्रवेशद्वार मै ताला लगाएर अन्यत्र हिडेका थिए । 
    

यस्तो अवस्थामा ताला फुटाएर प्रवेश गर्नू उपयुक्त न हुने स्थानीयको सुझाव पश्चात करिश्माले मुल गेट मै थप अर्काे ताला लगाएर फर्केकी थिइन । गुह प्रवेश नपाएपछी न्यायका लागी उनी फेरी अदालतको शरणमा पुगेकी थिइन ।
    
विराटनगरमा अध्यनरत रहेका बेला डा.देव र करिश्मा बीच प्रेम गासिन पुगेको थियो । पछिल्लो पटक निजामती कर्मचारी अस्पताल काठमाण्डौमा कार्यरत डा. देवले मोरंग जिल्ला अदालतमा २०७५ असोज १९ गते विवाह दर्ता गर्न आवेदन गरी सहमती पत्र संलग्न राखी सही छाप समेत गरेका थिए । 
    
२०७६ साल असोज २८ गते दुबैले आफन्तजनको उपस्थितीमा सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा विवाह गरेका थिए । तर, केही समय पछी माइतबाट दाइजो बापत ५० लाख रुपैया लिएर आउन तथा विराटनगरमा आफनो नाममा रहेको १ कठ्ठा जग्गा सासुको नाममा गराउन श्रीमानबाट दवाव र सोही निहुमा दुःख दिन थालेको पीडित करिश्माको भनाई छ ।विराटनगर उप महानगरपालिका १२ पाँचाली स्थित डेरामा श्रीमान डा.देव संगै केही दिन वसेपछी उनको काठमाडौ सरुवा भएको र त्यहा पनि केही दिन संगै वसेको उनले बताईन । 

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि