सप्तरी/बैशाख ११ गते । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ स्थित आफ्नै कुखुरा फर्ममा आगो लगाउने युवक प क्राउ परेका छन् ।
सो वडास्थित हनुमानचौक भन्दा अगाडि सडकखण्डको पश्चिम रहेको कुखुरा फर्ममा शनिबार स्थानिय महेश कुमार भट्ट क्षेत्रीका ३२ वर्षिय छोरा मनोज भट्टले आफ्नो कुखुरा फर्ममा आगो लगाई भागेको प्रहरीले जनाएको छ ।
कुखुरा फर्ममा सामान्य क्षति भएको तथा परालमा आगो लागि २५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाउँदै आगो लगाउने छोरालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post