सिरहा/बैशाख ५ गते । सिरहा प्रहरीले औरही गाउँपालिका ३ खजनपुर घर भएका मिटरब्याजी रामबाबु यादवलाई प क्राउ गरेको छ । सिरहा सदरमुकामस्थित मालपोत कार्यालयबाट यादवलाई प्रहरीले प क्राउ गरेको हो ।
ठगी सम्बन्धी मुद्दा परेको आरोपमा यादवलाई प क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अगाडी बढाएको उनले बताए ।
मिटरब्याज आरोपमा प्रहरीले ठगी मुद्दा चलाउँछ । सिरहा सदरमुकामकै एक महिलाले उनीमाथि ठगी मुद्दा दर्ता गराएकी छन् । सयकडा ३ रुपैयाँमा रकम लगानी गर्ने गरेको र रकम तिरिसक्दा पनि कपाली कागज नदिएको उनीमाथि आरोप लागेको छ ।
मिटरब्याज यादवमाथि जिल्ला प्रशासन कार्यालयमा पनि अन्य पीडितहरुले उजुरी दिएको बुझिएको छ ।

















Discussion about this post