सप्तरी/बैशाख ५ गते। सप्तरीको बोदेबर्साईन नगरपालिका १० खडकपुर निवासी ७० वर्षिया लक्ष्मिनिया देवी यादवले झु ण्डिएर आत्मह त्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी आफ्नै घरको काठको बलोमा साडीको पासो लगाई झु ण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
यो सँगै जिल्लामा दुई महिनाको अवधीमा विष सेवन र झु ण्डिएर आत्मह त्या गर्नेको संख्या २३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष ०७८/०७९ मा विष सेवन तथा झु ण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेका थिए भने चालु आ.ब. २०७९/८० को हालसम्मको अवधीमा भने विष सेवन र झु ण्डिएर आत्मह त्या गर्नेको संख्या ८२ पुगेको छ ।
विषादी सेवन गर्नेको संख्या सप्तरी जिल्लामा विगत दुई महिनादेखी निकै बढ्दै गएको छ । विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झु ण्डिएर आत्मह त्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।

















Discussion about this post