सप्तरी/बैशाख ४ गते । आइतबार बिहान सप्तरीको शम्भुनाथ नगरपालिका ८ बस्ने ५५ वर्षीय कुशुम खंग र उनका छोरा ३० वर्षीय रमेश खंगबीच घरायसी बिषयमा बादबिवाद भई कु टपिट हुदा कुशुम खंग घाइते भएका छन् ।
रमेशले आफ्नै बुवालाई हातले धक्का दिदा बाँसको टाटिमा लडी चिउडो मुनि घाँटी माथि काटिएपछि स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
यता बुवालाई कु टपिट गर्ने रमेशलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।














Discussion about this post