सप्तरी/बैशाख १ गते। सप्तरीमा खाल्डोमा जमेको पानीमा एकजना पुरुष मृ त फेला परेका छ।
सप्तरीको राजबिराज नगरपालिका वडा न. ६ स्थित सडकको छेउ खाल्टोमा जमेको पानीमा राजबिराज नगरपालिका वडा न. ४ घर भई हाल वडा ६ थानगाछि डेरा गरी बस्ने ५५ वर्षिय गणेश साह मृ त फेला परेको प्रहरीले जनाएको छ ।
साह कोल्टो परी मृत अवस्थामा छ भन्ने खबर स्थानियले दिए पछि बुझदा निज सधै अत्याधिक मादक पदार्थ सेवन गरी हिडडुल गर्ने भन्ने बुझिएको छ भने श वको प्रकृती मुचुलका गरी अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताउनुभयो ।














Discussion about this post