चैत २९ गते । सप्तरी प्रहरीले अदालतबाट कैद सजाय र जरिवाना तोकिएका विभिन्न अपराधका २३ जना फ रार अभियक्तलाई एकै दिन प क्राउ गरेको छ ।
उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला र सम्बन्धीत इलाकाबाट खटेको प्रहरी टोलीले गाउँघरमै लुकिबसेको अवस्थामा सोमबार दिउँसो प क्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।
प क्राउ पर्नेमा कु टपिट अंगभंग मुद्दाका सर्वाधिक ७ जना छन् । यस्तै जालसाजि र लुटपाटका चार/चार, लागुऔषध र मुद्दाको शिर्षक नखुलेका तीन/तीन, बोक्सी र कु टपिट लुटपाटका एक/एक जना छन् ।
प क्राउ परेकाहरुबाट १७ लाख ३ हजार ८९ रुँपैया जरिवाना तथा २ वर्ष कैद असुल गरिने प्रहरीले जनाएको छ । प क्राउ परेकाहरुलाई मंगलबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा कैद सजाय तोकिएकाहरुलाई राजविराज कारागार चलान गरिएको तथा जरिवाना गरिएका हकमा असुली प्रक्रिया अघि बढाइएको प्रहरी उपरिक्षक कार्कीले बताए ।
विभिन्न अपराधमा संलग्न उनीहरुमाथी मुद्दा चलाउँदा अदालतले कैद सजाय र जरिवाना लगायतका फैसला सुनाएपछि फ रार भएको प्रहरीको भनाई छ । फरार अभियुक्तहरुको संख्या सूची बढेपछि प्रहरीले खोजिकार्यलाई तिब्र बनाएको छ ।















Discussion about this post