nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

करोडपति सुब्बाहरु धमाधम अख्तियारको फन्दामा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २४, २०७९, १२:२३ मध्यान्ह
धनुषाको सवैला नगरपालिकामा ‘आर्थिक अनियमितता भयो’ भन्दै  सवैला नगरवासीद्वारा अख्तियारमा उजुरी

चैत २४ गते। एक पछाडि अर्का भ्रष्ट र करोडपति सुब्बा सा’बहरुविरुद्ध अख्तियारले कारवाही प्रक्रिया अगाडि बढाएको छ । जागिर खाएको छोटो अवधिमा काठमाडौंमा घर÷घडेरी करोडौंको सम्पत्ति जोडेका सुब्बाहरु विरुद्ध टंगाल निर्ममरुपमा प्रस्तुत भएको देखिन्छ ।

अख्तियारले अकुत आर्जनमा डामिएका सुव्वाहरुविरुद्ध विशेषमा मुद्धा दायर गर्ने क्रम बढेको छ । अख्तियारको प्रतिवेदन अनुसार सबैभन्दा घुस्याहाका रुपमा नासु तहका कर्मचारीहरु रहेको उसको विवरणमा भेटिन्छ ।
अख्तियारले विशेषमा दायर गरेका मुद्धामा विशेष अदालतले केहीलाई सजाय नै तोकिसकेको छ । जस्तो :- मदनकुमार गुप्ताले जागिरे जीवमा रहँदा १९ करोड कमाए, तर १४ करोड ८१ लाख अवैध देखिएपछि उनी विरुद्ध अख्तियार लाग्यो । अदालतले एक करोड धरौटी माग गरेकोमा बुझाउन नसकेपछि हिरासतमा जीवन बिताइरहेका छन् ।

यस्तै विमानस्थलको रेडियो अपरेटर रहेर १४ करोड अवैध कमाई, सुन तस्करीमा ‘कनेक्सन’ बनाएका श्यामकृष्ण च्यामु श्रेष्ठ पदमा रहँदा १४ करोड अकुत सम्पत्ति जोडेको,आर्जित अकुत रकममध्ये १४ करोड ६१ लाख दुई श्रीमती, बाबुआमा, दाजुभाइ, बुहारीसमेतका नाममा र लुकाएर राखेको भेटिएपछि अख्तियारले १४ करोड रुपैयाँ बिगो मागदावी गर्दै अदालतमा मुद्दा दायर ग¥यो । उनी डेढ करोड धरौटी बुझाएर रिहा भए ।

यस्तै धन्दामा सक्रिय रहे,अर्काे नासु सुरेश अधिकारी । पदमा रहँदा आर्जित ६० करोडभन्दा बढी रकम चार जना श्रीमतीको नाममा लुकाएर राखिएको भेटिए । सम्पत्तिको स्रोत देखाउन नसक्दा ६ महिना जेल र साढे तीन करोड धरौटी तोकिएको छ । चैत १७ गते विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले लेखापाल अधिकारीलाई ६ महिना कैद तथा ३ करोड ९६ लाख ११ हजार रुपैयाँ जरिवाना गरिएको छ । उनले ४ पत्नी ३४ वर्षीया दूर्गा अधिकारी, ३० वर्षीया दीपा श्रेष्ठ, २५ वर्षीया सुस्मिता अधिकारी र २४ वर्षीया सोममाया श्रेष्ठको नाममा तराईका विभिन्न जिल्लामा महंगा स्थानमा जग्गा खरिद गरेर आलिसान घर बनाउने काममा लगानी गरेका थिए । सबै पत्नीका लागि छुट्टाछुट्टै करोडौंको घर, इन्टेरियर डिजाइनमा मात्र लाखौं रुपैयाँको लगानीसहित २० लाख रुपैयाँको ६० तोला सुन नै खरिद गरेका थिए । उनी यातायातका लेखापाल । यातायात व्यवस्था कार्यालय सवारी कोशीका लेखापाल (नायब सुब्बा) सुरेश अधिकारीले १६ असोज ०५९ देखि १७ वर्ष सरकारी जागिर गरे । यो अवधिमा बैधानिक स्रोतबाट आर्जित सम्पत्ति ८८ लाख ३४ हजार मात्रै छ । यो तलवभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाई, कर्जा लगायतको वैधानिक स्रोतबाट आर्जित रकम हो । तर, वास्तविक आम्दानीको धेरै गुणा ६५ करोड १० लाख अवैध रुपमा जोडेको भेटिएसँगै अख्तियार लाग्यो । अहिले साढे तीन करोड धरौटी र ६ महिना कैद सजाय सुनाएको छ विशेष अदालतले ।

यस्तै भन्सारका सुब्बा रामप्रसाद भट्टराई २ करोड अवैधमा डामिएका छन् । उनीझैं अर्काे नासु पनि डामिएका छन्, रघुनाथ घिमिरे,बजेट निर्माणमा अस्वाभाविक रुपमा घुसेका पात्र हुन । उनीविरुद्ध हालै अख्तियारले दुई करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा राजश्व हिनामिना गरी राजश्व छलेको, गैरकानुनी काम गरी राजश्वका विभिन्न कार्यालयबाट करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका सदस्यहरुको नाममा लुकाएको अभियोगसहित अख्तियारले मुद्दा चलाएको छ ।

अख्तियारले घिमिरे र पत्नी गौतमलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावीसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको छ ।उनी र उनको परिवारको कुल आय पाँच करोड २५ लाख १६ हजार ३२७ रुपैयाँ रहेको देखिन आएको छ । जुन वैध आम्दानीभन्दा दोब्बर बढी भएको अख्तियारद्धारा हालिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

यस्तै अर्का नासु भीमकान्त भण्डारीविरुद्ध साढे ६ करोड भ्रष्टाचार मुद्धा दायर भएको छ,उनी हुन भीमकान्त भण्डारी । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायकका रुपमा कार्यरत रहँदा भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी ६ करोड २४ लाख ४ हजार अकुत वा गैरकानूनी सम्पत्ति आर्जन गरेको र सो को स्रोत देखाउन नसकेपछि उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनी ०७३ असोज २१ मा सरकारी सेवामा प्रवेश गरेका भण्डारी ७७ साउन १ मा मा स्वेच्छिक अवकाश रोजेका भण्डारीले कोरोना कहर शुरु भए पछि सरकारी जागिर छाडेर बिथ ल्याब नामक कोरोना किट परीक्षणको धन्दामा लागेका थिए । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा ओम्नी नामक कम्पनी बदनामीमा मुछिए पछि भण्डारीले बिथ ल्याब जन्माएर उनी कोरोनाको किट परीक्षणमा लागेका थिए ।

मासिक २८ हजार हाराहारी तलब थाप्ने भण्डारीले एकाध बर्षमै अकुत आर्जन गरेपछि गुल्मीतिर उनलाई नजिकबाट चिन्ने र जान्नेहरु चकित भएका थिए । उनलाई नजिकबाट चिन्नेहरुका अनुसार कुनै समय काठमाडौंमा कोठाभाडा तिर्न नसकेर एक हजार सापटी माग्ने भण्डारी छोटो समयमै रातारात करोडपतिमा रुपान्तरित भएका थिए । गुल्मीको मालिका गाउँपालिका ५ का सामान्य परिवारमा जन्मेका भण्डारीको सम्पत्ति विवरण हेर्दा यति धेरै लगानी गर्ने आर्थिक हैसियत देखिँदैन ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि