नेपाल सरकारकाे सहलेखापालमा काम गरेर अकुत सम्पत्ति आर्जन गरेका सुरेश अधिकारीलाइ कारबाही गरिने भएकाे छ । अधिकारीले अकुल सम्पति आर्जन गरेर ४ वटी पत्नी तथा सासु समेतका नाममा घरजग्गा राखेका विशेष अदालतले ठहर गरेकाे छ । विशेष अदालतले उनलाइ ६ महिना कैद सजाय गरेको छ ।
चैत १७ गते विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले लेखापाल अधिकारीलाई ६ महिना कैद तथा ३ करोड ९६ लाख ११ हजार रुपैयाँ जरिवाना गरिएको छ । विशेष अदालतका प्रवक्ता दिपेन्द्र नाथ योगीका अनुसार बाँकी प्रतिवादीहरूको हकमा सोही रकम बराबरको सम्पत्ति जफत गर्ने फैसला भएको हो ।
अधिकारीले ४ जना पत्नी राखेको, चारैजना पत्नीको नाममा जग्गा खरिद गर्ने, घर बनाउने, सवारीसाधन खरिद गर्नेदेखि विलासिताका लागि मनोरञ्जनका सामानहरूमा अस्वाभाविक लगानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा भेटिएको थियो । त्यति मात्र होइन, सासूको नाममा, नातामा मामा पर्ने व्यक्तिको नाममा समेत सम्पत्ति खरिद गरेर राखेको भेटिएको थियो ।
उनले ४ पत्नी ३४ वर्षीया दूर्गा अधिकारी, ३० वर्षीया दीपा श्रेष्ठ, २५ वर्षीया सुस्मिता अधिकारी र २४ वर्षीया सोममाया श्रेष्ठको नाममा तराईका विभिन्न जिल्लामा महंगा स्थानमा जग्गा खरिद गरेर आलिसान घर बनाउने काममा लगानी गरेका थिए । सबै पत्नीका लागि छुट्टाछुट्टै करोडौंको घर, इन्टेरियर डिजाइनमा मात्र लाखौं रुपैयाँको लगानीसहित २० लाख रुपैयाँको ६० तोला सुन नै खरिद गरेका थिए ।
त्यति मात्र होइन, उनले सासू पुष्पकुमारी निरौला र नातामा मामा पर्ने बलराम शर्माको नाममा घरजग्गासहित चलअचल सम्पत्ति जोडेका थिए । २०६८ पुस १७ गते पत्नी दुर्गा अधिकारीको नाममा दर्ता कायम रहने गरी मोरङको कञ्चनबारीको १८ धुर जग्गामा बनाएको घरको इन्टेरियर डेकोरेसनमा मात्रै ३७ लाख २८ हजार ८८ रुपैयाँ खर्च गरेका थिए ।
२०७० मंसिर २० गते सासू पुष्पकुमारी निरौलाको नाममा खरिद गरेको इटहरीस्थित ९ धुर जग्गामा २०७२ साउन २६ गते निर्माण सम्पन्न गरेको घरको इन्टेरियर डेकोरेसनमा ९२ लाख ३५ हजार २७३ रुपैयाँ खर्च भएको थियो ।-काठमाडौ खबर बाट





















Discussion about this post