nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बैंकहरुको कर्जा लगानी हुन छाड्यो, भरपर्दो क्षेत्र खोज्न कर्मचारी परिचालन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २१, २०७९, ८:०५ मध्यान्ह
बैंकहरुमा फेरि ‘वर्क फ्रम होम’ लागू (राष्ट्र बैंकको परिपत्रसहित)

काठमाडौं/चैत २१ गते । तरलता अभावलाई देखाएर ब्याजदर वृद्धि गरेका बैंकहरुलाई लगानीका लागि सकस पर्न थालेको छ । खासगरी वाणिज्य बैंकहरुमा पछिल्ला दिनमा लगानी योग्य रकम थुप्रिन थालेको हो । पछिल्लो समय बैंकहरु सुरक्षित लगानीको क्षेत्र खोज्न थालेका छन् । २२ वटा वाणिज्य बैंकमा मात्र २ खर्ब रुपैयाँ बराबरको लगानी योग्य तरलता थुप्रिएको छ । तरलता अभावकाबिच बैंकहरुले कर्जा लगानीमा कडाईका साथै ब्याजदर समेत बढेपछि लगानी हुन छाडेको हो ।

खराब आर्थिक स्थितिका बाबजुद आम सर्वसाधारण, उद्योग, व्यवसायीहरु समेत यतिखेर ‘पर्ख र हेर’को अवस्थामा छन् । उच्च ब्याजदरकै कारण व्यवसायीहरु कर्जा लिएर लगानी गर्न चाहिरहेका छैनन् । बढेको ब्याजदर पहिला घट्नुपर्ने उनीहरुको माग छ । चैत २० गतेसम्म ५७ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका बैंकहरुले सोही अवधिमा ४२ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको मात्र कर्जा लगानी गरेका छन् । हाल ८५ प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) मा झरेका वाणिज्य बैंकहरु २ खर्ब रुपैयाँमाथि लगानी योग्य रकम बोकेर बसेका छन् । तर लगानी गर्ने सुरक्षित र भरपर्दो क्षेत्र भेटेका छैनन् ।

भरपर्दो क्षेत्र खोज्न कर्मचारी परिचालन

कर्जा लगानीकै लागि बैंकहरुले आजभोलि सुरक्षित र भरपर्दो क्षेत्र खोज्न कर्मचारी परिचालन गरेको जानकारी प्राप्त भएको छ । बैंकमा तरलता थुप्रिदै गर्दा बैंकको लगानी (खर्च) बढ्ने तर प्रतिफल नमिल्ने हुँदा बैंकहरु तनावमा छन् । यसैले बैंककै कर्मचारी लगाएर लगानीको सुरक्षित क्षेत्र खोजी गर्न थालिएको एक बैंकर्सले रातोपाटीलाई जानकारी दिए ।

वाणिज्य बैंकहरुको छाता संगठन ‘नेपाल बैंकर्स संघ’ का अध्यक्ष तथा एनएमबी बैंकका कार्यकारी अधिकृत सुनिल केसीले पछिल्लो समय बैंकहरुले लगानीको सुरक्षित क्षेत्रको खोजी गर्न थालेको स्वीकारे । ‘योजनाबद्ध तरिकाले अहिले हामी लगानीको सुरक्षित क्षेत्रको खोजीमा छौं । रिस्क (जोखिम) हेरेर बैंकहरुले लगानी गर्न थालेका छन् । बैंकर्स संघमा आवद्ध सबै सदस्य वाणिज्य बैंकहरुले मिलेर नै सुरक्षित क्षेत्रमा लगानी गर्ने नीति बनाएका छौं,’ उनले भने, ‘यसैले पछिल्लो समय हामीले विद्युतीय गाडीमा लगानी बढाएका छौं ।’

लगानीको दीर्घकालीन उपलब्धी र राष्ट्रिय पुँजी निर्माणलाई ध्यानमा राखेर बैंकहरुले लगानी गर्न थालेको उनले बताए । विद्युतीय गाडीमा लगानी गर्दा दीर्घकालमा पेट्रोलियम पदार्थमा बाहिरिने अर्बौं रुपैयाँ जोगाउने र पर्यावरणीय सन्तुलन कायम गर्न समेत मद्दत पुग्ने हुँदा बैंकहरु यतातर्फ आकर्षित भएको उनको तर्क छ ।

पछिल्लो समय सरकारले पेट्रोलियम गाडीको आयातमा कडाईको नीति अपनाएसँगै आयातकर्ता व्यवसायीहरु विद्युतीय गाडीतर्फ आकर्षित भएका छन् । योसँगै बैंकहरु समेत लगानीका लागि विद्युतीय गाडीतर्फ नै सिफ्ट भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ८ महिनामा २१ सय ३९ वटा विद्युतीय गाडी आयात भएको छ । सानाठूला गरी ७ अर्ब रुपैयाँ बराबरको विद्युतीय गाडी आयात हुँदैगर्दा बैंकहरुले राम्रै लगानी गरेका छन् । थप पछिल्लो समय बैंकहरुले कम्पनीहरुसँग एमओयू (सम्झौता) नै गरेर विद्युतीय गाडीको खरिदमा फाइनान्सिङ सुविधा प्रदान गर्ने घोषणा गरिरहेका छन् ।

यस्तो फाइनान्सिङ सुविधा बैंकहरुले १३ देखि १४ प्रतिशतको ब्याजदरमै उपलब्ध गराइरहेका छन् ।

लगानी जोखिमको त्रास

खासगरी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको लगानी उठ्न छाडेपछि बैंकहरु थप लगानी गर्न डराइरहेका छन् । पछिल्लो रिपोर्ट अनुसार वाणिज्य बैंकहरुको खराब कर्जाको दर (एनपीएल) २.६९ प्रतिशत पुगेको छ भने लघुवित्तको एनपीएल ७ प्रतिशत हाराहारी छ । यसले पनि बैंकहरु त्रसित छन् ।

लगानी उठ्न छाडेपछि बैंकहरुले थप लगानी गर्न छाडे । बैंकमा पैसा थुप्रिन पुग्यो । तर, कर्जा लगानी नै रोकिने स्थिति बनेपछि बैंकहरुले पछिल्लो समय लगानीको सुरक्षित क्षेत्र खोज्न थालेका हुन् । यद्यपि, अझै वातावरण सहज भइनसकेको अवस्थामा खुलेर कर्जा लगानी गर्ने मनसायमा भने बैंकहरु छैनन् ।

आगामी असार मसान्तपछि केन्द्रीय बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले डिभेन्चरलाई पुँजी वा निक्षेप एकमा मात्र गणना गर्न पाउने व्यवस्थाले थप अप्ठेरो पर्न सक्ने आकलनसहित बैंकहरुले लगानीमा संयमता अपनाएका छन् । २०८० असार मसान्तसम्म यस्तो डिभेन्चरलाई पुँजी र निक्षेप दुवैमा गणना गर्न पाउने छुट राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।

Tags: अर्थ/बाणिज्य

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि