nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा सामाजिक सद्भाव कायम गरौँ

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २०, २०७९, ९:४३ बिहान
जनकपुरधाममा सामाजिक सद्भाव कायम गरौँ

जनकपुरधाम/चैत १९ गते । हिन्दू–मुस्लिम धर्मका अगुवा तथा सरोकारवाला सामाजिक सद्भाव कायम गर्दै एकसाथ अगाडि बढ्न सहमत भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुुषामा आईतवार भएको द्विपक्षीय छलफलपछि दुवै धर्मका अगुवाहरु आपसी मतभेद र असहमति समाधान गर्न मिलेर अगाडि बढ्न सहमत भएको हो ।

जनकपुरधाममा केही समयदेखि बढिरहेको अविश्वासलाई विश्वासमा परिणत गर्दै वर्षौदेखि चलिआएको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम गर्दै अगाडि बढ्न सबै पक्ष सहमत भएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

उनले विवाद समाधान र समन्वयका लागि पहल गर्न हिन्दू, मुस्लिम समुदायका अगुवा, स्थानीय तहका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधि रहने गरी एउटा समिति निर्माण गर्ने सहमति पनि भएको जानकारी दिए ।

उनले विवाद समाधान र समन्वयका लागि पहल गर्न हिन्दू, मुस्लिम समुदायका अगुवा, स्थानीय तहका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधि रहने गरी एउटा समिति निर्माण गर्ने सहमति पनि भएको जानकारी दिए ।

“राम नवमी (चैत १६) का दिन जनकपुरधाममा भएको विवाद र त्यसपछि उत्पन्न अविश्वासलाई समाधान गर्न आयोजित छलफलमा दुवै पक्षका अगुवा तथा सरोकारवालाले अब उपरान्त सामाजिक सद्भावमा खलल् पु¥याउने गतिविधि नगर्ने सहमति दुवै पक्षले गर्नुभएको छ”, प्रमुख जिल्ला अधिकारी दाहालले भने, “त्यस समितिले विगतका विवाद र आगामी दिनमा मिलेर अगाडि बढ्न र कुनै पनि समस्या देखिएमा तत्काल संवादको माध्यमबाट समाधान गर्ने भूमिका खेल्ने छ । जसले जनकपुरधाममा हुने कुनै पनि धार्मिक गतिविधि, त्यसले एकअर्का धर्मावलम्बी र समाजमा पर्ने प्रभावका बारेमा अध्ययन र छलफलको माध्यमबाट निष्कर्ष दिन योगदान पु¥याउने अपेक्षा छ ।”

छलफलमा जानकी मन्दिरका महन्त रामतपेश्वर दासले परापूर्वकालदेखि दुई धर्मकाबीच चलिआएको सद्भाव, सामुहिक भावना, एकता र सहिष्णुता संरक्षणका लागि दुबै पक्षले इमान्दारितापूर्वक भूमिका निर्वाह गर्न आग्रह गरे । “म २०२३ सालदेखि जानकी मन्दिरमा शिष्य बनेर आउँदा र पछि मूल महन्थको रुपमा भूमिका निर्वाह गर्दै गर्दा दुवै धर्मावलम्बीमा आपसी प्रेम, सद्भाव र अदभूत एकता थियो, हरेक चाडपर्व दुवै पक्ष मिलेर मनाउने चलन थियो”, महन्थ दासले भने, “एकै आगनमा मिलेर रमाउने, एकै ठाउँमा सद्भावका साथ आफ्ना सामाजिक संस्कार मनाउने चलन कमजोर हुँदा समाजमा अविश्वास पैदा भएको छ । यसलाई चिरेर फेरि पुरानै सहिष्णुता र सद्भाव कायम गर्न म सबै पक्षलाई आग्रह गर्दछु ।”

जनकपुरधाम उपमहानगरपालिकाका पूर्वउपप्रमुख एवं मुस्लिम धर्मावलम्बीका अगुवा मोहम्मद अस्गर अलीले जानकी मन्दिरले नै जनकपुरमा मुस्लिम धर्मावलम्बीलाई बसालेको स्मरण गर्दै मन्दिरले बसालेको सहरलाई दुबै पक्षले उजाड बन्नबाट रोक्नुपर्ने बताए । उनले हिन्दु मुस्लिम दुबै मिलेर यहाँका मठ, मन्दिर र मस्जिद निर्माण गर्न योगदान गरिरहेकामा पछिल्लो समय समस्या उत्पन्न भइरहेकोले त्यसको समीक्षा गरेर समाधानमा लाग्नुपर्ने बताए ।
“हामी हिजोदेखि मिलेर बसेका हौँ । एकअर्काप्रति आदर र सद्भाव छ । मुस्लिमहरुलाई त जानकी मन्दिरले नै बसालेको विगत छ । दुवै धर्मका हरेक गतिविधिमा हामी जोडिन्छौ । जानकी मन्दिरसँगै मस्जित छ । मन्दिरको प्राङ्गणमा हामीलाई बोलाएर खेल्न लगाउने र सम्मान गर्ने परम्परा थियो । पछिल्लो समय दुबै पक्षबाट भएका कमजोरीले समस्याको रुप लिँदै छन् । त्यसको समाधानमा लागौ, यसैमा हामी सबैको हित छ”, उनले भने ।
छलफलमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले आपसी विवाद र असमझदारीले दुवै धर्म तथा जनकपुरधाम क्षेत्रको प्रतिष्ठामा असर पु¥याइरहेकाले सामाजिक सद्भाव खलबल्याउने गतिविधि नगर्न आग्रह गरे । उनले गलत व्यक्ति र गलत क्रियाकलापलाई लिएर सिङ्गो धर्मकै मान्छेहरु धार्मिक सहिष्णुतामा खलल पु¥याउने गरी धु्रबीकृत हुनु दुःखद् भएको भन्दै सचेत रहनुपर्ने बताए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले राम नवमीको दिन हिन्दू युवाहरुले निकालेको ¥यालीका क्रममा उत्पन्न विवादलाई धार्मिक, साम्प्रदायिक रङ्ग दिने गरी सामाजिक सञ्जालले भूमिका खेलकाले त्यस्तो गतिविधिमा लाग्नेको निगरानी भइरहेको बताए । उनले धर्म, संस्कृति, परम्परा तथा धर्मनिरपेक्षताको मर्मअनुसार व्यवहार हुन जरुरी रहेको भन्दै त्यसमा सहयोगका लागि सबैलाई आग्रह गरे ।

“राम नवमीका दिन र त्यसपछि भएका घटनाको हामीले सुक्ष्म अध्ययन गरिरहेका छौँ । अहिले उत्पन्न अविश्वासलाई मध्यनजर गर्दै प्रहरीले संयमता अपनाइरहेको छ । म अपिल गर्न चाहन्छु यहाँहरु त्यस्ता गतिविधिमा नलाग्नुस्, कोही लागिरहेको छ भने सचेत गराउनुस् अन्यथा प्रहरी प्रशासनले कानुनी बाटो लिनुपर्ने हुन्छ”, प्रहरी उपरीक्षक खड्काको भनाइ थियो ।

दुवै धर्मका अगुवाहरुले रामनवमीको दिन हिन्दू सम्राट सेनाले निकालेको ¥याली मस्जिदको क्षेत्रमा पुग्दा दुवै समुदायबीच उत्पन्न समस्याले सामाजिक सदभाव तथा शान्ति–सुरक्षामा खलल पुग्ने चिन्ता बढेको र विगतमा पनि संयमता नअपनाउँदा सामान्य घटनाले साप्रदायिक रुप लिएको तर्फ सचेत गराउँदै जिम्मेवार भएर प्रस्तुत हुन सबैमा अपिल गरेको छ । उनीहरु आगामी दिनमा धार्मिक क्रियाकलाप गर्दा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालय, नजिकको सुरक्षा निकाय र स्थानीय तहलाई जानकारी गराउन तथा त्यस्ता क्रियाकलाप गर्दा सामाजिक सद्भाव कायम राख्न आआफ्नोतर्फबाट योगदान दिनसमेत तयार भएको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि