nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ऋणीको सम्पत्तिमा साहुको आँखा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ३, २०७९, १२:३१ मध्यान्ह
ऋणीको सम्पत्तिमा साहुको आँखा

चैत ३ गते। सर्लाहीको हरिपुर नगरपालिका–५, लक्ष्मीपुरकी अमरुल खातुन निरक्षर छन् । उनको परिवारमै कोही साक्षर छैन् । उनले छोरा मरसद मन्सुरलाई विदेश पठाउन रामस्वरुप रायसँग दुई लाख ऋण लिइन् ।

साहुले नपत्याएपछि उनले आफूसँग भएको तीन कठ्ठा खेत पास गरी ऋणको जोहो गरिन् र छोरालाई विदेश पठाइन् । तर विदेशमा छोराले राम्रो काम नपाएपछि वर्ष दिन नबित्दै साउदीबाट फर्किनु प¥यो ।

अमरुलले गाउँमै केही गर्ने उद्देश्यले सोही साहुलाई थप एक लाख ऋण दिन अनुरोध गरिन् । तर साहुले पत्याएन् । त्यसपछि उनले बसोबास गरिरहेको (घर भएको)आठ धुर घडेरी साहुको नाममा पास गरेर एक लाख रुपैयाँ लिइन् । अहिलेसम्म उनले साहुलाई तीन लाख ३० हजार र चार लाख ८० हजार गरी दुई पटकमा आठ लाख १० हजार तिरिसकेको दाबी गर्छिन् । तर साहुले खेत र घडेरी फिर्ता गर्न मानेका छैनन् ।

उल्टै उनले अदालत जाने धम्की दिन्छन् । साहुले खेत र घडेरी कब्जा गर्ने नियत राखेर फिर्ता नगरेको उनले बताइन् । अमरुलका अनुसार साहुले तीन लाख मात्रै पैसा लिँदा पनि १२ लाखको कागज बनाएका छन् । ‘साहु होइन् पापी हो । पीडित मान्छेलाई मार्ने काम गरेको छ,’ उनले भनिन्, ‘तीन लाख रुपैयाँ लिएको छँु तर १२ लाखको कागज (कपाली तमसुक)बनाएको छ । अब खेत र घडेरीमा आँखा लगाएका छन्’

खेत पनि साहुको कब्जामा

अमरुललाई रामस्वरुप साहुले खेत–घडेरी ‘बेइमानी’ गर्नसक्ने शंका लाग्यो । ऋण तिर्न र बिरामी हुँदा उपचार गराउन उनले अर्को साहु सत्यनारायण कानुसँग चार लाख ऋण लिइन् । त्यो साहुले पनि नपत्याउँदा उनले दश कठ्ठा खेत पास गरिदिइन् । अहिले सत्यनारायणले दश कठ्ठा मध्ये पाँच कठ्ठा बिक्री गरिसकेको उनको कथन छ । तर अझै १५ लाख उनले माग गरिरहेका छन् । नभए अदालत जाने र थप सम्पत्ति कब्जा गर्ने उनले पनि धम्की दिइरहेका छन् । ‘प्रहरीमा निवेदन दिएको थाहा पाएपछि घरमै धम्की दिन आउँछन्,’ उनले भनिन्, ‘१५ लाख नदिए बेघर बनाइदिने भन्दै दिनहुँ थर्काउँछन् ।” प्रतिवाद गर्दा र गाउँलेलाई बसाएर तिरेको बारे सुनाउँदा साहुले उल्टै घर खाली गराउन भन्छन् ।

पाँच वर्षदेखि छिमेकीको शरणमा

सर्लाही ईश्वरपुर नगरपालिका–५ की कमला दाहाल झन् पीडित छन् । उनी मिटरब्याजी साहुकै कारण पाँच वर्षदेखि बेघर छन् । उनले दुई पटकमा गाउँकै सञ्जय साह रौनियारबाट साढे चार लाख ऋण लिएकी थिइन् । त्यसक्रममा सञ्जयले खाली कागजमा सही गर्न लगाएको उनको आरोप छ । घर भएको आफ्नो चार कट्ठा जग्गा दृष्टिबन्धक राखेर लिएको ऋण चुक्ता नगरेको भन्दै साहु रौनियारले पाँच वर्ष पहिले घर खाली गराइदिएको उनको भनाइ छ । घरसहितको घडेरी फिर्ता गर्न साहुले २० लाख रुपैयाँ माग गरेको उनले बताइन् ।

अदालतमा मुद्दा

सरकारले मिटरब्याजविरुद्ध उजुरी गर्न आह्वान गरेपछि अदालतमा लेनदेन मुद्दाको चाप एकदमै बढेको देखिएको छ । विगतको तुलनामा लेनदेनसम्बन्धी मुद्दा दोब्बर भएको देखिन्छ । जिल्ला अदालत धनुषामा चालु फागुन महिनामा (२८ गते सम्म) मात्रै १ सय ९६ वटा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए । उनका अनुसार लेनदेन मुद्दाको संख्यामा तुलनात्मक रुपमा वृद्धि भएको छ । तर पहिले पनि कुल मुद्दाको ५० प्रतिशत लेनदेनसम्बन्धी मुद्दा नै अदालतमा आउने गरेको उनले बताए । चालु आर्थिक वर्षमा १ हजार १ सय ९५ मुद्दा दर्ता भएको छ ।

समस्या लियो, समाधान गरेनन्

मिटरब्याजी पीडित किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले सरकारले समस्या सुन्ने काम मात्रै गरेको तर समाधान गर्न नसकेको उनले बताए । ‘सरकारले मिटरब्याज पीडितसँग गुनासो संकलन ग¥यो तर समाधान गरेनन्,’उनले भने, ‘अहिले पीडितले उजुरी गरेको थाहा पाएपछि पीडकहरू धमाधम अदालतमा गइरहेको छ । सरकारले हामीसँग गरेको सम्झौता पनि कार्यान्वयन गरेका छैन् ।-ईजनकपुरटुडे बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!