nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ऋणीको सम्पत्तिमा साहुको आँखा

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ चैत्र ३, शुक्रबार १२:३१
ऋणीको सम्पत्तिमा साहुको आँखा

चैत ३ गते। सर्लाहीको हरिपुर नगरपालिका–५, लक्ष्मीपुरकी अमरुल खातुन निरक्षर छन् । उनको परिवारमै कोही साक्षर छैन् । उनले छोरा मरसद मन्सुरलाई विदेश पठाउन रामस्वरुप रायसँग दुई लाख ऋण लिइन् ।

साहुले नपत्याएपछि उनले आफूसँग भएको तीन कठ्ठा खेत पास गरी ऋणको जोहो गरिन् र छोरालाई विदेश पठाइन् । तर विदेशमा छोराले राम्रो काम नपाएपछि वर्ष दिन नबित्दै साउदीबाट फर्किनु प¥यो ।

अमरुलले गाउँमै केही गर्ने उद्देश्यले सोही साहुलाई थप एक लाख ऋण दिन अनुरोध गरिन् । तर साहुले पत्याएन् । त्यसपछि उनले बसोबास गरिरहेको (घर भएको)आठ धुर घडेरी साहुको नाममा पास गरेर एक लाख रुपैयाँ लिइन् । अहिलेसम्म उनले साहुलाई तीन लाख ३० हजार र चार लाख ८० हजार गरी दुई पटकमा आठ लाख १० हजार तिरिसकेको दाबी गर्छिन् । तर साहुले खेत र घडेरी फिर्ता गर्न मानेका छैनन् ।

उल्टै उनले अदालत जाने धम्की दिन्छन् । साहुले खेत र घडेरी कब्जा गर्ने नियत राखेर फिर्ता नगरेको उनले बताइन् । अमरुलका अनुसार साहुले तीन लाख मात्रै पैसा लिँदा पनि १२ लाखको कागज बनाएका छन् । ‘साहु होइन् पापी हो । पीडित मान्छेलाई मार्ने काम गरेको छ,’ उनले भनिन्, ‘तीन लाख रुपैयाँ लिएको छँु तर १२ लाखको कागज (कपाली तमसुक)बनाएको छ । अब खेत र घडेरीमा आँखा लगाएका छन्’

खेत पनि साहुको कब्जामा

अमरुललाई रामस्वरुप साहुले खेत–घडेरी ‘बेइमानी’ गर्नसक्ने शंका लाग्यो । ऋण तिर्न र बिरामी हुँदा उपचार गराउन उनले अर्को साहु सत्यनारायण कानुसँग चार लाख ऋण लिइन् । त्यो साहुले पनि नपत्याउँदा उनले दश कठ्ठा खेत पास गरिदिइन् । अहिले सत्यनारायणले दश कठ्ठा मध्ये पाँच कठ्ठा बिक्री गरिसकेको उनको कथन छ । तर अझै १५ लाख उनले माग गरिरहेका छन् । नभए अदालत जाने र थप सम्पत्ति कब्जा गर्ने उनले पनि धम्की दिइरहेका छन् । ‘प्रहरीमा निवेदन दिएको थाहा पाएपछि घरमै धम्की दिन आउँछन्,’ उनले भनिन्, ‘१५ लाख नदिए बेघर बनाइदिने भन्दै दिनहुँ थर्काउँछन् ।” प्रतिवाद गर्दा र गाउँलेलाई बसाएर तिरेको बारे सुनाउँदा साहुले उल्टै घर खाली गराउन भन्छन् ।

पाँच वर्षदेखि छिमेकीको शरणमा

सर्लाही ईश्वरपुर नगरपालिका–५ की कमला दाहाल झन् पीडित छन् । उनी मिटरब्याजी साहुकै कारण पाँच वर्षदेखि बेघर छन् । उनले दुई पटकमा गाउँकै सञ्जय साह रौनियारबाट साढे चार लाख ऋण लिएकी थिइन् । त्यसक्रममा सञ्जयले खाली कागजमा सही गर्न लगाएको उनको आरोप छ । घर भएको आफ्नो चार कट्ठा जग्गा दृष्टिबन्धक राखेर लिएको ऋण चुक्ता नगरेको भन्दै साहु रौनियारले पाँच वर्ष पहिले घर खाली गराइदिएको उनको भनाइ छ । घरसहितको घडेरी फिर्ता गर्न साहुले २० लाख रुपैयाँ माग गरेको उनले बताइन् ।

अदालतमा मुद्दा

सरकारले मिटरब्याजविरुद्ध उजुरी गर्न आह्वान गरेपछि अदालतमा लेनदेन मुद्दाको चाप एकदमै बढेको देखिएको छ । विगतको तुलनामा लेनदेनसम्बन्धी मुद्दा दोब्बर भएको देखिन्छ । जिल्ला अदालत धनुषामा चालु फागुन महिनामा (२८ गते सम्म) मात्रै १ सय ९६ वटा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए । उनका अनुसार लेनदेन मुद्दाको संख्यामा तुलनात्मक रुपमा वृद्धि भएको छ । तर पहिले पनि कुल मुद्दाको ५० प्रतिशत लेनदेनसम्बन्धी मुद्दा नै अदालतमा आउने गरेको उनले बताए । चालु आर्थिक वर्षमा १ हजार १ सय ९५ मुद्दा दर्ता भएको छ ।

समस्या लियो, समाधान गरेनन्

मिटरब्याजी पीडित किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले सरकारले समस्या सुन्ने काम मात्रै गरेको तर समाधान गर्न नसकेको उनले बताए । ‘सरकारले मिटरब्याज पीडितसँग गुनासो संकलन ग¥यो तर समाधान गरेनन्,’उनले भने, ‘अहिले पीडितले उजुरी गरेको थाहा पाएपछि पीडकहरू धमाधम अदालतमा गइरहेको छ । सरकारले हामीसँग गरेको सम्झौता पनि कार्यान्वयन गरेका छैन् ।-ईजनकपुरटुडे बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेस प्रदेश : बारामा एसईईको प्रश्नपत्र बाहिरियो

मधेस प्रदेश : बारामा एसईईको प्रश्नपत्र बाहिरियो

खानेपानी मन्त्री अव्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अव्दुल खानले दिए राजीनामा

सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

उपेन्द्रको दुखेसो सहितको चेतावनी ‘हस्तक्षेप स्वीकार हुँदैन’

बारा २ मा उपेन्द्र यादवलाई सिफारिस गर्दै जसपा प्रदेश समिति

महोत्तरी-२ मा शरतसिंह भण्डारीले गरे उम्मेदवारी दर्ता

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

मिटरब्याज पीडित र सरकारबीच वार्तामा के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्तामा के के भयो ? हेर्नुहोस्

आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौ-न दुर्व्यवहार गरेको आरोपमा  दुई शिक्षक प-क्रा-उ

युवकद्वारा १६ वर्षीय युवतीलाई जब रजस्ती क रणी,एक जना प क्राउ

सिरहाको मिर्चैयामा रहेको सगरमाथा स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै

सिरहाको मिर्चैयामा रहेको सगरमाथा स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै

जनकपुरधाममा हिन्दू राष्ट्रको माग गर्दै सम्राट सेनाको शक्ति प्रदर्शन

जनकपुरधाममा हिन्दू राष्ट्रको माग गर्दै सम्राट सेनाको शक्ति प्रदर्शन

मौद्रिक नीतिमा लघुवित्तलाई यस्ता छन् व्यवस्था

लघुवित्तबाट ऋण लिने घटे

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८/९८००८६६५५५
Email : [email protected]
Website : www.sajilopost.com

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार
न्युज डेस्क :-गिरिजानन्द साह

धनुषा सम्बाददाता-संजिप कुमार साह
महोत्तरी सम्बाददाता-गिरिजानन्द साह
सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि