फागुन २४ गते । सप्तरीमा एक महिलाले आ त्मह त्या गरेकी छिन् ।
मंगलबार सप्तरीको राजबिराज नगरपालिका ७ खर्साल टोल बस्ने देव कुमार यादवको ४२ वर्षीया श्रीमती सिमा यादवले डिप्रेसनको कारण मुसा मार्ने कमाण्डो नामक विषादी सेवन गरि आ त्मह त्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
महिलालाई छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा समान्य उपचार पश्चात थप उपचारको लागि बिराट मेडिकल कलेज बिराटनगर लगिएकोमा आज बिहान डाक्टरले इसिजी चेकजाँच गर्दा मृ त घोषणा गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस घटनावारे थप घनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post