सप्तरी/फागुन २४ गते। सप्तरीमा आफ्नो सालीसँग होली खेल्न जाँदा गाउँका केटाहरुसँग एकजना कु टिएका छन् ।
गाउँका केटाले कु टेपछि ग्याङ फाइट भएको प्रहरीले जनाएका छन् ।
मंगलबार सप्तरीको महादेवा गाउँपालिका ४ मनियार परसाही टोलमा सोही पालिकाको वडा नं.१ चिम्टी बस्ने २५ वर्षीय योगेन्द्र सरदारले आफ्नो ससुरालिमा सालिलाई घर बाहिर रङ लगाउँदा गाउँको केटाहरुले कु टपिट गरेका थिए ।
गाउँका केटाहरूले कुटपिट गरेपछि युवकले फोन गरेर आफ्नो गाउँका करिब ८०/९० जना साथिहरुलाई बोलाउँदा दुई पक्षबीच पुन झै-झगडा तथा कु टपिट भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
दुई पक्षबीच भएको झैझगडामा घाइते भएकाहरुको स्थानिय मेडिकलमा उपचार भएको तथा कुटपिटमा संलग्न २ जनालाई पक्राउ गरिएको प्रवक्ता सिंहले बताए ।
फ रार रहेका अन्यहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post