nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तराई-मधेसमा किन ३ दिन खेलिन्छ होली ?

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २३, २०७९, ८:४४ बिहान
तराई-मधेसमा किन ३ दिन खेलिन्छ होली ?

फागुन २३ गते । तराई मधेशमा यसवर्ष पनि तीन दिन होली खेलिने भएको छ । पछिल्लो ४ वर्षयता यस्तै संयोग पर्दै आएको छ ।

सोमबार तराई मधेसमा बस्ने पहाडी समुदायले होली मनाएका छन्, उनीहरुसँग अन्य समुदायका मानिसहरुसमेत मिलेर सदभावको होली मनाएका छन् ।

मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन कृष्ण प्रतिपदाको दिन यहाँ होली खेल्ने चलन छ ।

सरकारले पनि तराई मधेसमा मंगलबार होलीको विदा दिएको छ । तराई मधेसमा मंगलबारलाई खर दिन (कडा दिन) को रुपमा लिने र मांशाहारी खानेकुरा नखाने चलन छ । त्यसैले गर्दा कतिपयले बुधबार होली खेल्ने योजना बनाएका छन् । त्यसैले गर्दा यसवर्ष पनि तराई मधेसमा तीन दिन होली पर्व मनाइने सामाजिक अभियन्ता प्रकाश थारूले बताए ।

‘मधेस प्रदेश साँस्कृतिक विविधताले भरिपूर्ण प्रदेश हो । यहाँ पहाडी मूल, मधेसी मूलका बासिन्दा मात्रै नभएर छिमेकी मुलुक भारतका पनि नागरिक बस्छन् । पहाडी समुदायले होलिका दहन भएकै दिन होली खेल्छन्, त्यसमा सबै सहभागी हुन्छन्,’ उनले भने ‘दशैंमा जस्तै मधेसी समुदायले होलीमा मिठा मिठा खानेकुरा खाने पर्वको रुपमा मनाउँछन् । मंगलबारलाई खर दिन (कडा दिन) को रुपमा लिने गरिन्छ । झगडा मारपिट हुन्छ भन्ने मान्यताले मांशाहारी खानेकुरा मंगलबार बार्ने चलन छ । यसलाई मान्नेले बुधबार पर्व मनाउँछन, नमान्नेले मंगलबार पनि होली खेल्छन् । ’

विभिन्न संघ संस्थाले एक साता अघिदेखि नै होली मिलन समारोह तथा शुभकामना आदानप्रदान जस्ता कार्यक्रमहरू निरन्तर गरिरहेका छन् । विद्यालय तथा क्याम्पसका विद्यार्थीले आइतबार नै होली मनाएका छन् । कतिपय संघसंस्थाले सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिरहेका छन् ।

वीरगञ्ज आदर्शनगर क्षेत्रका मारवाडी समुदायले सम्बत (होलिका दहन) जलाएपछि होली खेल्ने चलन छ । मारवाडी समुदाय शाकाहारी हुन्छन् । उनीहरुलाई बारले फरक पार्दैैन । तर होलिका दहन गर्दाको आगो ननिभेसम्म उनीहरुले होली खेल्दैनन् ।

मारवाडी समुदायको अगुवा महिला नुतन सरावगीले होलिका दहन गर्दाको आगो निभेपछि मात्रै होली खेल्ने चलन रहेको बताइन् । ‘होलिका दहन मंगलबार बिहान साढे पाँच बजे हुँदैछ । त्यो सेलाएपछि मात्रै होली खेलिन्छ ।’ उनले भनिन्,‘ गोबरको होलिका बनाएका हुन्छौं, होलिकाको आँखा (कोडी) जल्दैन । त्यसलाई घरमा लगेर चना, पापड सेकेर पर्सादको रुपमा खाने चलन छ ।’

सोमबार राति नै होलिका दहन गर्नेले मंगलबार बिहानदेखि होली खेल्न शुरु गर्ने उनको भनाई छ ।

होलीमा रमाइलो गर्ने, आफन्तजन इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक खानपिन गर्ने चलन छ । यो पर्वमा अन्य पर्वहरू जस्तो व्रत लिने, शुद्ध चोखो खाने जस्ता धार्मिक नियम छैन । त्यसैले यो सबैको प्रिय पर्व बन्न पुगेको सामाजिक अभियन्ता थारुले बताउँछन् ।

पर्सा, बारा र रौतहटको होलीले पर्व मात्र नभई भोजपुरी संस्कृतिको पनि प्रतिनिधित्व गर्छ । होलीमा यहाँ परिवारका सदस्य मात्र नभई आफन्त इष्टमित्रलाई पनि घरमा बोलाएर मासुका परिकार, मालपुवा पकौडा आदि खुवाउने चलन छ । मान्यजन तथा ठूलाबडासँग रंग लगाएपछि कनिष्टले खट्टामै ढोगेर आशीर्वाद लिने परम्परा छ ।

होलीमा माछामासुको परिकार बढी खाइन्छ । खाने पिउने मात्र नभई नेता तथा समाजका प्रतिष्ठित व्यक्तिहरूलाई पनि सार्वजनिक रूपमा व्यंग्य गर्ने छुट यो पर्वमा छ ।

होली पर्वमा वर्षभरि भेटघाट नभएका, मनमुटाव भएकाहरू एकआपसमा आत्मीयता भेटघाट गर्न जाने र आत्मीयता बढाउने चलन छ ।

होलीमा व्यापार खस्किएको गुनासो

नयाँ सेतो वस्त्र लगाएर होली खेल्ने तराईको पुरानो परम्परा हो । वीरगञ्ज सिटी मार्केट, बिशाल बजार, घण्टाघर, माईस्थान, आदर्शनगर क्षेत्रमा सेतो कपडा बिक्रिका लागि राखिएका थिए ।

यसवर्ष वीरगञ्जमा सेतो कपडाको व्यापार खस्किएको व्यापारीहरुले गुनासो गरेका छन् । वीरगञ्ज महानगरपालिका– ८ गहवाका रवी कुमारले ५० हजार रुपैयाँको सेतो कपडा किनेपनि बिक्रि हुने छाँटकाँट नदेखिएको गुनासो गरे ।

‘हरेक वर्ष होलीमा पसल लगाउने गर्छु , गतवर्ष राम्रै व्यापार चलेको थियो । तर यसपाली खासै व्यापार छैन ।’ उनले भने ‘ ५० हजार रुपैयाँ लगानी गरेको थिँए, गल्ला पनि उठ्ला जस्तो छैन ।’

मुर्लीका राजा हुसैनले पनि बिक्री खासै नभएकोले घाटा लाग्ने अवस्था देखिएको बताए । ४ जना मिलेर ९० हजारको सामाग्री खरिद गरेका उनीहरुले लगानी नै नउठ्ने जस्तो स्थिति देखिएको बताएका छन् । अर्का व्यापारी मोहम्द अन्सारीले देशको आर्थिक अवस्था खस्किएकोले होलीको व्यापारमा पनि त्यसैको असर परेको हुन सक्ने बताए ।

‘गत वर्ष दैनिक ३०÷४० हजारको सामान बेचेका थियौँ । यसवर्ष १०÷१५ हजार पनि पुग्ला जस्तो छैन,’ उनले भने, ‘८० हजार जति लगानी भएको छ, फिर्ता आउने छाँटकाँट छैन । मान्छेसँग पैसा छैन, बैँकले लगानी गर्न छोडिदिएको छ । सबै मान्छे पिडित छन् अहिले, देशको अर्थतन्त्रको हालत नै खराब छ ।’

Tags: धर्म संस्कृतिहोली

Discussion about this post

Related Posts

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि