nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हानिकारक बन्दै होली ! गुणस्तरहिन रङ्गले क्यान्सर र मिर्गौला रोगको खतरा

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २२, २०७९, ९:४० मध्यान्ह
हानिकारक बन्दै होली ! गुणस्तरहिन रङ्गले क्यान्सर र मिर्गौला रोगको खतरा

फागुन २२ गते । फागु अर्थात् होलीको साँस्कृतिक र धार्मिक महत्व जति धेरै महत्वपूर्ण छ, उति नै धेरै यो बेलामा प्रयोग गरिने अबिर तथा रङ्गकै कारण मानव स्वास्थ्यको लागि होली हानिकारक बनिरहेको छ । गुणस्तरहिन तथा कमसल रङ्गको प्रयोगले छालाको रोगदेखि, आँखा तथा क्यान्सर र मृगौलासम्मको रोगको खतरा हुनसक्ने एक अध्ययनले देखाएको छ ।

राजधानी काठमाण्डौंमा डेढ दशकदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी अनु श्रेष्ठसामु केही वर्षदेखि ’होली खेलेपछि अनुहारमा दाग निस्कियो’ भन्दै आउने महिलाहरू बढ्न थालेका छन् । उनको अनुमानमा होली खेलेकै कारण यस्तो समस्या लिएर आउने महिलाको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको छ । उनी भन्छिन्, ‘१५ वर्षको मेरो अनुभवमा होली खेलेरै अनुहार बिग्रियो भन्दै आउनेको सङ्ख्या बढेको दुई–तीन वर्ष जति भयो होला । त्यस अघि यस्तो समस्या त्यत्ति धेरै आउदैन थियो ।’

श्रेष्ठका भनाइमा होली खेल्न प्रयोग गरिएको रङ्गका कारण अनुहारमा चाया पोतो आएको, छाला डढेको, दाग लागेको, चिलाएको र स–साना फोकाहरू आएको समस्या लिएर महिलाहरू आउने गरेका छन् ।

संस्कृति जोगाउँदै सावधानी अपनाउँ


प्र्व र संस्कृतिलाई निरन्तरता दिनु सबैको दायित्व हो । तर, संस्कृतिका नाममा हुने विकृति र यसले निम्त्याउने हानीलाई बेलैमा ख्याल गर्नुपनि उत्तिकै आवश्यक छ । कतिपयले चाँहि सावधानी अपनाउँदा पनि रङ्गको गुणस्तर कमजोर भएर त्यस्तो भएको हुनसक्ने सौन्दर्य व्यवसायी श्रेष्ठको भनाई छ । ‘उनीहरूको समस्या हेर्दा होली खेल्दा जुन पायो त्यही रङ्ग प्रयोग गरिएको र आवश्यक सावधानी नअपनाएको जस्तो देखिन्छ’, उनी भन्छिन् ।

सोमवार काठमाण्डौं उपत्यका सहित देशका पहाडी भागमा, मंगलवार तराई र शुक्रवार मिथिला क्षेत्रमा मनाइने होलीलाई रङ्गहरूको पर्व भनिन्छ । यस पर्वमा रातो अबिरसहित विभिन्न खाले रङ्गहरू प्रयोग हुने गर्छन् । बजारमा विभिन्न गुणस्तरका अबिर उपलब्ध रहेको व्यवसायी र प्रयोगकर्ता बताउँछन् । तर पछिल्ला वर्षहरूमा सस्तो मूल्यमा पाइने धेरै रसायन मिसिएका अबिर र अन्यखाले रङ बजारमा आएको प्रयोगकर्ताहरू बताउँछन् ।

रङ्गमा रसायनको मिसावट


विगत वर्षको आफ्नै अनुभव सुनाउँदै राजधानीकी एक सञ्जिता अधिकारी भन्छिन्, ‘पोहोर मैले नै किनेको रङ्ग त्यस्तै परेछ । त्यस दिन साँझ घरमा आएर मैले कति सफा गर्दा पनि गएको छैन ।’

अधिकारीको जस्तो अनुभव छ, अर्की सौन्दर्य व्यवसायी दीपा बनको । उनी भन्छिन्, “संवेदनशील छालाका लागि अहिले बजारमा उपलब्ध रङ्गहरू ठीक छैनन् । त्यस्तो छाला हुनेहरूमा धेरै खाले समस्या देखिन्छन् ।’ होली खेल्दा प्रयोग गरिएको रङ्गका कारण छालामा समस्या लिएर आउनेहरूलाई विभिन्न उपाय अपनाएर ’ट्रिटमेन्ट’ गरिने उनी बताउँछिन् ।

त्यस्तो रङ्गले अनुहार मात्र नभई शरीरभर छालामा विभिन्न समस्या हुने गरेको पाइएको चिकित्सकहरूको अनुभव छ ।

चाया पोतो देखि घाउ खटिरासम्म


छाला रोग विशेषज्ञ डाक्टर धर्मेन्द्र कर्णका अनुसार पछिल्ला वर्षहरूमा होलीपश्चात् विभिन्न छाला सम्बन्धी रोग लिएर आउनेहरू बढेका छन् । उनी भन्छन्, ‘रङ्गको प्रयोग गर्दाखेरि चिलाउने, दुख्ने घाउ खटिरा बढ्ने र पहिले देखि नै भएको रोगहरू बल्झने गरेको देखिएको छ ।’

कर्णले रङ्गका कारण छालाको एलर्जी, घामको एलर्जी, डन्डिफोर र कत्ले रोगजस्ता समस्या धेरै देखिने गरेको बताए । ‘कतिपय रङ्गमा त सिसाका कण र गम्भिर प्रकृतिका रसायनहरू समेत भेटिन्छ’, कर्णले भने, ‘त्यस्तो रङ्ग धेरै मात्रा र समयसम्म प्रयोग गर्दा क्यान्सर र मिर्गौलाको रोग समेत लाग्न सक्छ ।’

रमाइला नेपाली पर्वहरू मध्येको एक होलीमा बालबालिकादेखि वृद्धवृद्धासम्म रङ्ग र पानीसँग रमाउने गर्छन् । ति सबै उमेर समुहका जो कसैलाई गुणस्तरहिन रङ्गले स्वास्थ्यमा गम्भिर खतरा निम्याउनसक्ने हुँदा सावधानी अपनाउँन चिकित्सकहरुको सुभाव छ ।

युवा युवातीहरुमा उत्ताउला रङ्गको होडबाजी

सभ्य भन्दा भड्किलो र उत्ताउला रङ्गहरुको फेसन र होडबाजी आजकालका युवायुवतीहरुमा बढेको छ । पछिल्ला वर्षहरूमा विशेषगरी युवा पुस्ताले घर पोत्ने खनिजयुक्त रङ्गहरू पनि अनुहारमा लगाउन थालेका छन् । त्यसको असर जप जटिल हुने सौन्दर्य व्यवसायी र चिकित्सकहरूले बताए ।

उनीहरूका भनाइमा त्यस्ता रङ्ग प्रयोग गर्दा बाहिरबाट हेर्दा निख्रिएजस्तो देखिए पनि अनुहार र अन्य भागमा रहेका स–साना छालाका प्वालहरूमा टाँसिएर रहने गर्छन् । ‘त्यस्ता प्वालहरूमा टाँसिएर रहेको रङ्गले अझ धेरै नकारात्मक असर पार्नसक्छ’, कर्ण भन्छन् । होली खेल्नेहरू मध्ये कतिपयले रङका कारण छालाको एलर्जी सामना गरेको अनुभव सुनाए ।

आयुर्वेदिक सबैभन्दा राम्रो विकल्प

तीन दशक अघि देखि होली खेल्दै आएकी बूढानीलकण्ठकी निशा बस्नेत भन्छिन्, ‘रङ्गहरू त छालामा एलर्जी ल्याउने खालका पनि हुन्छन् । त्यही भएर मैले चाँहि व्यक्तिगत रूपमा आयुर्वेदिक रङ्ग प्रयोग गरिरहेकी छु ।’

बस्नेत जस्तै ललितपुरको कुपण्डोलकी कल्पना विष्ट पनि एलर्जीबाट बच्न आयुर्वेदिक रङ्ग खोज्छिन् । ‘बजारमा सबैखाले रङ्ग पाइन्छन्। तर आफैँ सचेत भएर असर नगर्ने खालको खोज्नुपर्छ’, उनी भन्छिन् ।

भक्तपुरकी सोनी दनुवार चाँहि रङ्गले अनुहार र छालामा असर गर्ने ठानेर थोरै मात्र रङ्ग प्रयोग गर्छिन् । उनले भनिन्, ‘जे कुरा पनि धेरै प्रयोग ग¥यो भने त्यसले नकारात्मक असर गर्छ । रङ्ग पनि थोरै मात्र प्रयोग गर्नुपर्छ ।’

रङ्गका साथमा कतिपयले फोहोर पानी तथा अन्य रसायनहरू समेत मिसाएर होलीमा प्रयोग गर्ने गरेको जानकारहरू बताउँछन् । त्यसले शरीरमा घाउ खटिरा आउने खतरा थप बढाउने चिकित्सकहरूको भनाइ छ । नक्सालकी सरिना पाण्डेका अनुभवमा भने कतिपय रङ्गहरू लगाएको तीन–चार दिनसम्म पनि सफा गर्दा समेत जाँदैन ।

Tags: धर्म संस्कृतिहोली

Discussion about this post

Related Posts

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि