nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्तको ऋण तिर्न एक लाखको दिनको दुई हजार तिर्ने गरी मिटरब्याजमा पैसा लिए, अहिले ब्याजले डुबायो

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ९, २०७९, २:१७ मध्यान्ह
लघुवित्तको ऋण तिर्न एक लाखको दिनको दुई हजार तिर्ने गरी मिटरब्याजमा पैसा लिए, अहिले ब्याजले डुबायो

मेरो नाम निर्मला चौधरी हो । म चन्द्रपुर नगरपालिका वडा नम्बर ५ राजप्यारामा बस्छु । मैले १२ कक्षासम्म पढेकी छु ।१८ वर्ष पहिले कृषिका लागि भनेर मैले डिप्रोक्स लघुवित्तबाट ५ हजार रुपैयाँ लिए की थिएँ । त्यो ऋण बाँकी नै थियो, त्यही बीचमा श्रीमानलाई कतार पठाउन भनेर छिमेक लघुवित्तबाट २० हजार रुपैयाँ सापटी लिएँ ।

त्यतिले पुग्दैनथ्यो, धितो राखेर १ लाख रुपैयाँ ऋण लिन खोजेको छिमेक लघुवित्तले एक वर्षसम्म पनि पैसा दिएन । त्यसपछि साहु सँग ६० हजार लिएर श्रीमानलाई विदेश पठाएँ । कतारमा उहाँको काम पनि राम्रो भएन । उहाँ फर्कनुभयो । यसको एक वर्षपछि छिमे क लघुवित्तबाटै १ लाख रुपैयाँ ऋण लिएर मैले साहुबाट लिएको ६० हजार रुपैयाँको सावाँ–ब्याज तिरें ।

लघुवित्त गाउँमा नआउँदासम्म यहाँ मिटरब्याज सुरु भएको थिएन । लघुवित्तले वर्षमा एक चोटि मात्रै ऋण दिन्छ । तर, यता सावाँ–ब्या ज भने महिनैपिच्छे तिर्नुपर्छ । अनि यस्तो ऋण तिर्न पैसा चाहिन्छ । मैले पनि ऋण तिर्न अर्को लघुवित्तबाट पैसा सापटी लिनु पर्‍यो ।

यसपछि मैले श्रीमानलाई ८० हजार रुपैयाँ खर्च गरेर मलेशिया पठाएँ । मलेशिया जाँदा पनि उहाँ ठगिनुभयो । त्यहाँ राम्रो काम नभएपछि उहाँले पैसा पठाउन सक्नुभएन । यता ऋण भने बढिरह्यो ।श्रीमान लाई विदेश पठाउन लिएको त्यो ८० हजार रुपैयाँ तिर्न मैले साहुसँग सापटी लिएँ ।

त्यसमा थपिएको ब्याज तिर्न फेरि फरवार्ड लघुवित्तबाट २० हजार रुपैयाँ ऋण लिएँ । यसरी मेरो ऋण बढ्दै गयो, ब्याज पनि बढ्दै गयो । त्यसपछि १५ लाख रुपैयाँमा डुमरियामा रहेको ६ कट्ठा जग्गा बेचें । तर, सबैतिरको ऋण सकिएन ।साहु र लघुवित्तको पैसा तिर्न बाँकी रहेपछि म फेरि नेशनल लघुवित्तमा ऋण माग्न गएँ ।

उसले मलाई ७० हजार रुपैयाँ दियो । समय बित्दै जाँदा किस्ता तिर्न मुश्किल भयो । अनि फेरि मैले निर्धन लघुवित्तबाट ४० हजार रुपैयाँ लिएँ ।हरेक तीन महिनामा ब्याजलाई पनि सावाँमा जोडेर लघुवित्तले हाम्रो ऋण बढाउँछन् । किस्ता माग्न आउँदा ५००, १ हजार जति रुपै याँ भए पनि माग्छन् ।

यसरी १००, ५० समेत मागेको पैसाको त कुनै हिसाब नै छैन ।लघु वित्त र साहु दुवैले पैसा मागेर तनाव दिएपछि हामी एक समय त जंगलमा लुक्न पनि गयौं । लघुवित्तको मान्छे आउने दिन हामी घर छाडेर कहिले अर्को गाउँ त कहिले जंगलतिर जान्थ्यौं ।सधैं लुकेर बस्न सकिंदैन भनेपछि अहिले हामी घरमै बस्छौं ।

ब्याज उठाउन आउने लघुवित्तका सरहरूसँग झगडा गर्छां ।लघुवित्त को ऋण तिर्न मैले एक लाख रुपैयाँको दिनको दुई हजार रुपैयाँ तिर्ने शर्तमा मिटरब्याजमा ऋण लिएँ । लघुवित्तमा आफ्नो बेइज्जत नहो स् भनेर मैले मिटरब्याजबाट ऋण लिएकी हुँ ।अहिले त्यही ब्याजले डुबाएको छ ।

मिटरब्याजीले पैसा नतिरेको भन्दै ममाथिमुद्दा हालेको छ ।मैले समता, स्वावलम्बन, आशा, महिला सहकारी, उन्नति सहकार्य, सबैको लघुवित्त, विजय लघुवित्त, मेरो माइक्रो फाइनान्स, नेरुडे लगायत ११ वटा संस्थाबाट ऋण लिएकी छु ।यी सबै संस्था र साहु–महाजनको कति ऋण छ भन्ने मलाई थाहा पनि छैन ।

यो गाउँका सबै जनाले यसरी नै ऋण लिएका छन् । लघुवित्तका कर्म चारी आउँथे, समूहमा बस्नुहोस् भन्थे, हामी पनि सोझा मान्छे बस्थ्यौं । राम्रो ऋणी हुनुपर्छ भनेर समयमै ब्याज र किस्ता तिर्न हामीले मिटर ब्याजी साहुबाट पैसा सापटी लियौं । अहिले यो हालत भयो ।

लघुवित्तका सरहरू आएर दिदी हाम्रो संस्थामा बस्नुहोस् राम्रो हुन्छ, सस्तो ब्याजमा ऋण पाइन्छ भन्थे अनि हामी पनि सोझो मान्छे बस्यौं । मैले लघुवित्तबाट पैसा लिएको श्रीमानलाई थाहा थिएन । पछि श्रीमानले थाहा पाउँदा धेरै ढिला भइसकेको थियो । अहिले यही कुरा लिएर दिनकै झगडा हुन्छ । मलाई कुट्छन्, कति कुटाइ खानु ?

अब त श्रीमानको पनि फोक्सोमा पानी जमेर विदेश काम गर्न जान नसक्ने हुनुभयो । अहिले गाउँमै मजदुरी गर्नुहुन्छ । कति मान्छेले त किस्ता तिर्न नसकेर गाउँ छाडे । अन्तै इँटाभट्टामा काम गर्न जान्छन्, उतै बस्छन् ।मलाई पनि एक पटक त गाउँ छाडेर हिंडौं भन्ने लागेको थियो । तर, छाडेर पनि कहाँ जानु ?

हामी ऋण लिंदा व्यवसाय गर्ने भनेर लिन्थ्यौं । तर, हामीले के व्यव साय गर्‍यौं भनेर सरहरू कहिल्यै हेर्न आउनुभएन । अनि उहाँहरूलाई हामीले अरू लघुवित्तबाट पनि ऋण लिएको थाहा थियो । ‘तिमीहरू ले कसरी तिर्छौ यत्रो पैसा’ भनेर पनि सोध्नुभएन ।‘हाम्रो टार्गेट पूरा हुन्छ’ भन्दै हामीलाई ऋण दिइरहनुभयो ।

पैसा चाहिएको थियो, हामीले पनि लियौं ।श्रीमानलाई यो कुरा पहिले नै थाहा भएको भए यसरी ऋणमा डुब्ने थिइनँ होला । के होला र भनेर उतिबेला नभनी ऋण लिएँ, अहिले डुबें । यो गाउँमा धेरै महिलाले यसरी ऋण लिएको कुरा सुरुमा आफ्ना श्रीमानलाई भनेका छैनन् ।

अहिले लघुवित्तका सरहरू आएर ऋण तिर्न नसके गएर मर भन्नुहुन्छ । तिमीहरू मर्‍यौ भने ऋण माफ हुन्छ भन्नुहुन्छ । अनि म भन्छु, मरेर के हुने हो र बाँचेछु भने तपाईंको ऋण तिर्छु ।एउटा मिटरब्याजीसँग ३५ हजार लिएकी थिएँ । उसले ६ लाखको कागज बनाएको रहेछ ।

अहिले ममाथि मुद्दा छ । मैले अहिलेसम्म उसको १ लाख ७१ हजार रुपैयाँ तिरेकी छु । ऊ अझै ऋण सकिएको छैन भन्छ । मैले उसको अगाडि हात जोडें, खुट्टा ढोगें तैपनि मान्दैन ।हेर्नुहोस्, लघुवित्त नआउँ दा पनि हाम्रो जीवन दुःखसुख चलेकै थियो ।

अहिले लाग्छ– यी लघुवित्त नआएका भए हाम्रो जीवन यस्तोसम्म हुने थिएन । हामी यसरी ऋणमा डुब्ने थिएनौं । उसबेला सजिलै पाउने भएपछि ऋण लियौं, त्यतिखेर बुद्धि आएन, अब थाहा पायौं तर सबै डुबिसक्यो । साभार-अनलाइन खबर बाट

Tags: लघुवित्तलघुवित्त न्युजलघुवित्त समाचार

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

कमला नदीको डाइभर्सन भासियो, सिरहा–धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

कमला नदीको डाइभर्सन भासियो, सिरहा–धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!