रञ्जन भण्डारी/फागुन ९ गते। महोत्तरीमा वृद्धभत्ताको रकम नदिएको भन्दै भतिजाले चक्कु प्रहार गरी काकाकाे ह त्या गरेका छन्।
जिल्लाको महोत्तरी गाउँपालिका– ३ मडै निवासी ७० वर्षीय शिव महरालाई उनकै भतिजा नाता पर्ने ३० वर्षीय विजेन्द्र महराले चक्कु प्रहार गरी ह त्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तोषकुमार पोखरेलले जानकारी दिए।
सोमबार बिहान मात्र घटनाबारे जानकारी पाएको प्रहरीले घटनास्थल पुगेर आवश्यक प्रक्रिया पूरा गरी श व पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको छ। ह त्या आरोपी विजेन्द्र फ रार छन्। उनको खोजी भइरहेको डिएसपी पोखरेलले बताए।














Discussion about this post