फागुन ६ गते। पर्सामा जन्ती र गाउँले पक्षबीच झ डप भएको छ ।
वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा शुक्रबार राति जन्ती र गाउँले पक्षबीच झ डप भएको छ। झ गडाले उग्र उप लिँदा तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ४० वर्षीय शम्भुप्रसाद कुर्मी, २० वर्षीय अर्जुनप्रसाद पटेल, ३६ वर्षीय रामबहादुर पटेल घाइते भएका छन् । उनीहरुको हाल बाराको प्रसौनीस्थित एलएस न्यूरो अस्पताल उपचार भईरहेको छ।
झ डपमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामगढवाकै १८ वर्षीय अर्जुन पटेल, राज पटेल, विकास पटेल, सिदु पटेल, आलोक पटेल, साजन पटेल, बाराको फेटा गाउँपालिका–१ बस्ने २६ वर्षीय अरविन्द पटेल, १९ वर्षीय मनु पटेललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार प क्राउ गरेका सबै झ गडामा संलग्न रहेको भन्दा पनि शंका लागेर अनुसन्धानका लागि लिईएको हो।
गाउँका मानिसहरुले सडक छेउमा गरेको मोटरसाइकल पार्किङका कारण जन्तीको गाडी छिर्न नसकेपछि दुई पक्षबीच झगडा भएको जिल्ला प्रहरीले जनाएको छ।




















Discussion about this post