nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : परिवारै मिलेर देवरबाट गराए बला त्कार

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ४, २०७९, ८:०९ मध्यान्ह
महोत्तरी : परिवारै मिलेर देवरबाट गराए बला त्कार

महोत्तरी/फागुन ४ गते। यो कुनै चलचित्रको कथानक होइन। न हो उपन्यासकै कथा। यो त भयानक हृदयविदारक घटना हो।

एक किशोरीले गत असारमा गौशाला नगरपालिका–५ का युवकसँग मागीविवाह गरिन्। तर, परिवारै मिलेर देवरबाट बला त्कार गराए। पीडितले प्रहरीमा गएर उजुरी दिइन्। तर, प्रहरीले परिवारकै जिम्मा लगायो। त्यसपछि ससुराले मन्दिरमा लगेर देवरसँगै विवाह गराए। घर फर्किएपछि पनि यातना दिन छाडेनन्। ती पीडितले न्याय मागिरहेकी छन्।

‘श्रीमान् हुँदाहुँदै देवरसँग यौ नसम्बन्ध कायम गर्नुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘देवरसँग शारीरिक सम्बन्ध बनाउन नमान्दा श्रीमान्, देवर, नन्द अनि ससुराले नै मुखमा कपडा कोचेर कु टपिट गर्दै आएका छन्।’

न्याय माग्दा देवरसँग मेरो विवाह गराइदिएको उनको भनाइ छ। ‘तैपनि ममाथिको अ त्याचार बन्द हुँदैन। के गरूँ ? कहाँ जाऊँ ? के ठेगान छैन’, उनको दुखेसो छ, ‘माइत जाऊँ भने गरिबीका कारण बुवाआमा आर्थिक संकटमा छन्। ससुरालीमा जब श्रीमान् नै सहारा दिँदैन भने अरूले सहारा दिने कुरा पर जाओस्।’

परिवारै मिलेर देवरबाट बला त्कार गराएको उनको गुनासो छ। ‘प्रायः रातिको समयमा श्रीमान् बेडमा पल्टेको हुन्छ। म पनि श्रीमान्सँगै सुतेकी हुन्छु। देवर निर्धक्क कोठामा छिर्छन् अनि मलाई श्रीमान्को छेउबाटै जबर्जस्ती हातपात गर्दै अर्को कोठामा लैजान्छन्’, १९ वर्षीया पीडितले भनिन्, ‘नजाँदा देवरले बेस्सरी कु टपिट गर्छन्। यसो हुँदासमेत बेडमा पल्टिएका श्रीमान् मौन भई तमासा हेर्न थाल्छन्। श्रीमान्ले मेरो बचाउ गर्नुको सट्टा भाइको पक्षमा समर्थन जनाउँछन्। आवेशमा आएका श्रीमान् बेडबाट उठेर मैमाथि आइलाग्ने गर्छन्।’

कलिलो उमेरमै विवाह बन्धनमा बाँधिन बाध्य उनी पलपल भयानक हिंसामा परेकी हुन्। बिहेलगत्तै आफूमाथि हिंसा हुन थालेको उनको भनाइ छ। ‘यस्तो घिनौना कार्यमा घरपरिवारका सदस्यहरूले मलाई नै मानसिक तनाव दिनुको साथै कु टपिटसमेत गर्दै आएका छन्’, उनले भनिन्, ‘ससुरा, नन्द अनि श्रीमान् नै हिं सामा उत्रिएपछि मलाई सहयोग गर्ने त्यहाँ कोही छैन। उनीहरूले मलाई शारीरिक र मानसिक तनाव दिएर विवश बनाएका छन्।’

भाइको फोटो देखाएर दाइसँग विवाह

किशोरीका बुवा लमीको कुरा सुनेर छोरीको विवाह गर्न राजी भएका थिए। ‘छोरीको विवाह हुँदा आफू पञ्जावमा मजदुरी गरिरहेको थिएँ। पञ्जाव हुँदा घरपरिवारले मोबाइलमा पठाएको केटाको फोटो, घर अनि पसलको फोटोले मलाई पनि आकर्षित गर्‍यो’, उनले भने। त्यसपछि छोरीको विवाह गरिदिन उनले सहमति जनाए। ‘छोरीको विवाह गर्ने उमेर नपुगे पनि सम्पत्तिका लागि विवाह गर्न स्वीकृत दिएँ’, उनले भने।

दुवैतर्फका परिवारका सदस्यको उपस्थितिमा मन्दिरमा विवाह भयो। आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले ऋण लिएर १ लाख रकम खर्च गरेको उनले सुनाए। जसोतसो विवाह सम्पन्न भए पनि छोरीले सुखीसम्पन्न भई ससुरालीमा घरजम बसाएको सपना क्षणभरमै अन्त्य भएको उनको भनाइ छ। भने, ‘जब यहाँ छोरीले बारम्बार पीडा सहँदै आएको खबर थाहा पाएँ।’

विवाहअघि लमीले आफूलाई पठाएको फोटो ज्वाइँको नभई भाइको रहेको पछि थाहा पाएको उनले सुनाए। ‘छोरीले सुखी अनि खुसी भई जीवनयापन गरिरहेको खवरले मलाई सन्तोष लागेको थियो। त्यसतर्फ घरपरिवारका सदस्यले खासै ध्यान दिएनौं’, उनले भने, ‘हरेक बुवाआमा चाहन्छन् कि सन्तानको भविष्य सफल होस्। मैले पनि त्यही कुरामा सहमति जनाएर कहीँ कतै चर्चा गरिनँ।’

उनका अनुसार सम्धीले कान्छो छोरासँग विवाह गर्ने टुंगो लगाएका थिए। पछि विवाह त ठूलो छोरासँग गराएछन्। ‘यति हुँदा पनि हामीलाई कुनै आपत्ति थिएन। पछि उनका घरपरिवारले छोरीलाई पनि चरम यातना दिँदै आएपछि असह्य भएर हामी न्यायका लागि प्रहरी प्रशासनसमक्ष आयौं’, उनले भने, ‘हामीलाई न्याय चाहियो।’

घर फर्किएपछि पीडित पहिलेझैं हिंसामा परिन्। घरको इज्जत उडायो भन्दै नन्दले कुटपिट गरेको किशोरीका बुवाले बताए।

छोरीले माघ अन्तिम साता बाबु पञ्जावबाट घर आएको थाहा पाइन्। ‘अनि छोरीले मसँग फोनमा दुखेसोको वृत्तान्त सुनाइन्। अनि म त छाँगाबाट खसेझैं भएँ’, उनले भने, ‘म पैसाको जोहो गरेर छोरीलाई केही दिनका लागि माइती लैजान यहाँ आउँदा मैले कहिले नसोचेको घटनाहरू भइरहेको थाहा पाएँ। अनि मैले छोरीका लागि न्यायको लडाइँ लड्ने निधो गरेँ।’

प्रहरीबाट फर्किएपछि देवरसँग विवाह

पीडितले गत साता इलाका प्रहरी कार्यालय गौशालामा न्यायका लागि उजुरी दिएकी थिइन्। पीडित पक्षका अनुसार त्यसपछि प्रहरीले ससुरासँग कागज बनाएको रहेछ। आइन्दा बुहारीलाई कु टपिट नगर्ने, नागरिकता, विवाहदर्ता बनाइदिने लिखित सर्तसहित ससुराले बुहारीलाई घरतर्फ लगेको प्रहरी स्रोतले जनाएको छ।

घर फर्किएपछि पीडित पहिलेझैं हिंसामा परिन्। घरको इज्जत उडायो भन्दै नन्दले कुटपिट गरेको किशोरीका बुवाले बताए। ‘रातिको समयमा म छोरीको घरमा सुतिरहेको थिएँ। जब बिहानको ४ बज्यो अनि खासखुस रूपमा सुरुवात भएको विवाद उग्र नै बन्यो। त्यसपछि म ब्युँझिएर बुझ्न जाँदा बिना कारण रातिको समयमा घरका सदस्यहरू मिलेर छोरीलाई कुटपिटमा उत्रिएका रहेछन्’, उनले भने, ‘पछि आफूले सम्झाउँदा छोरीका देवर आफूलाई धम्की दिँदै कुटपिटमा उत्रिन खोजेका थिए। हल्ला भएपछि छिमेकीले मलाई र छोरीलाई बचाए।’

त्यसपछि पुनः न्यायका लागि इलाका प्रहरी कार्यालय गौशालामा जाँदा देवरसँग विवाह गर्न भनिएको उनको भनाइ छ। आफूले छोरीको घरजम जसरी नि बस्ने भयो भनेर छोरीसँगको सल्लाहमा उक्त प्रस्ताव स्वीकार गरेको उनले बताए।

समाजका भद्रभलादमी, ससुराली र माइती पक्ष बसी ‘सामाजिक न्याय’ खोज्ने पक्षमा सबैले सहमति जनाए। देवरसँग विवाह गराउने निर्णय गरे। सोही दिन मंगलबार ससुराले जेठी बुहारीको विवाह कान्छा छोरासँग गराइदिए। नन्दलाई त्यो सह्य भएन। विवाह गरी घर गएपछि परिवारै मिलेर निर्घात रूपमा कु टपिट गरेको पीडितले सञ्चारकर्मीलाई बताइन्।

कु टपिटबाट उनका हातखुट्टा, टाउको र अन्य भागमा चोट लागेको छ। उनको स्थानीय स्तरमा उपचार भइरहेको छ। उनले देवरसँग जर्बजस्ती शारीरिक सम्बन्ध कायम राख्नका लागि विवश पारिएको प्रहरीसमक्ष बताएकी छन् ।

पहिल्यै तीन श्रीमतीसँग सम्बन्धविच्छेद

श्रीमानबाट सन्तान सम्भव नहुने भएपछि ती पीडित किशोरीलाई परिवारका सदस्यले देवरसँग शारीरिक सम्बन्ध गराउँदै आएको छिमेकीले बताएका छन्।

स्थानीयवासीका अनुसार किशोरीका श्रीमानको यसअघि तीन युवतीसँग विवाह भएको थियो। ‘केही दिनसम्म उनीहरूको सम्बन्ध सुखमय रहन्थ्यो। पछि क्रमिक रूपमा अधिक मात्रामा मानसिक र शारीरिक तनाव दिएपछि बुहारीहरूले बाध्य भएर सम्बन्धविच्छेद गराएका रहेछन्’, एक स्थानीयवासीले भने, ‘सम्बन्धविच्छेदका घटना सार्वजनिक भएनन्। त्यो घटना परिवारभित्रै दबाएको हुन्थ्यो। उनीहरूलाई केही मात्रामा पैसा दिएर घटनाको छिनोफानो गर्दै आएका छन्।’

पीडित किशोरीले आफूलाई कानुनसम्मत रूपमा न्याय दिलाइदिन प्रहरी प्रशासनसमक्ष माग गरेकी छन्। घटनास्थलमा पुगेर सूक्ष्म जानकारी लिएकी महिला अधिकारकर्मी सुनिता झाले भनिन्, ‘घटना अलि जटिल नै छ। मैले हरेक पक्षसँग बुझेकी छु। पीडितलाई जसरी पनि कानुनअनुसार न्याय चाहिन्छ। यस विषयमा अलि गम्भीरतापूर्वक सोचेर फैसला गर्नुपर्ने देखिन्छ ।’

अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर धनवीर महतोले लेख्नुभएको छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!