सप्तरी-पातो/फागुन १ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पातोमा श्री श्री १०८ श्री रामचरित्र मानस अन्तर्राष्ट्रिय अश्वमेघ महायज्ञ हुने भएको छ ।
नगरपालिकाको वडा नम्बर ५ पातोमा आगामी चैत २ गतेदेखि यो महायज्ञको आयोजना गरिने भएको हो । महायज्ञ आयोजक समितिका पदाधिकारीले आईतबार राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरी यज्ञको बिषयमा जानकारी गराएका छन् । समितिका अध्यक्ष ओमप्रकाश यादवले महायज्ञमा भारतको अयोध्याबाट डा. मानस मधुवर प्रवचनकर्ताको रुपमा आउन लागेको जानकारी दिए
महायज्ञमा विश्वविद्यालय मठियानीबाट सुभाष मिश्र यज्ञाचार्यको रुपमा र सह यज्ञाचार्यको रुपमा अशोक कुमार मिश्र आउन लागेको उनले बताए ।
महायज्ञमा गौतम रासलीला एवं रामलीला पनि देखाइनेछ । यो टोली भारतबाट आउने यादवले बताए । महायज्ञ स्थलमा मुर्तीका खेल चल फिर देखा जाएगा प्रदर्शन गरिनेछ । यहाँ रावण वध, तारकासुर वध, लवकुश एवं लक्ष्मण युद्धसँग सम्बन्धित बिभिन्न किसिमका १५१ मूर्ती स्थापना गरिनेछ ।
महायज्ञस्थलमा रामझुला, मौतका कुवाँ, सर्कस, जादु, कुस्ती एवं बिभिन्न किसिमको खेल तमासा देखाइनेछ । समितिका सचिव रामचन्द्र मण्डलले विश्व शान्ति, हिन्दुधर्मको रक्षा तथा प्रचार प्रसार र मानव कल्याणको कामना गर्दै महायज्ञको आयोजना गरिनेछ ।
महायज्ञमा १० लाख भन्दा बढीको सहभागीता हुने अनुमान उनीहरुले गरेका छन् । नेपाल तथा भारतका विभिन्न विद्वान लगायत साधु, सन्तहरुको व्यापक सहभागिता हुने तथा महायज्ञ १३ दिनसम्म चल्नेछ । महायज्ञ शुरु हुने दिन २ चैतमा १० हजार महिलाको सहभागितामा कलश यात्रा निकालिने आयोजकले जनाएको छ ।

















Discussion about this post