nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्रीमान्–श्रीमती नै एकै पटक शाखा अधिकृत

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २९, २०७९, १:०० मध्यान्ह
श्रीमान्–श्रीमती नै एकै पटक शाखा अधिकृत

माघ २९ गते । श्रीमान्–श्रीमती नै शाखा अधिकृत, त्यो पनि सँगै । यस्तो संयोग जो कसैको जीवनमा आउँदैन । तर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–६ भडाचौरका मनबहादुर थापा (२६) र उनकी श्रीमती विना केसी (२६) नेपाल प्रशासन समूह शाखा अधिकृतमा एकै पटक सिफारिस भएका छन् । 

एक अर्कालाई बुझ्दै–बुझाउँदै, कमी–कमजोरीलाई औँल्याउँदै अघि बढेका थापा दम्पती अहिले अन्य लोक सेवा आयोग प्रति रुचि राख्नेहरूका लागि प्रेरणाका स्रोत बनेका छन् । सोमबार थापा दम्पतीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापन गरिएको स्थायी नियुक्ति पत्र प्राप्त गरिसकेका छन् । 

भनिन्छ, संघर्ष नै सफलता हो । एउटा लक्ष्यमा लगनशीलता, आत्मविश्वास र निरन्तरता दिन सके सफलता खोज्न कहीँ जानु पर्दैन । थापा दम्पतीको जीवनमा उक्त भनाइले सार्थकता पाएको छ । 

मनबहादुरले यो भन्दा पहिला एक पटक शाखा अधिकृतको लागि प्रयास गरिसकेका थिए । तर उनी सफल भएनन् । दोस्रो पटक जसरी पनि शाखा अधिकृत बन्छु भन्ने उनमा दृढता थियो । लगनशीलता र निरन्तर प्रयासले नतिजा आफ्नो पक्षमा आएको उनी बताउँछन् । विना भने पहिलो प्रयासमै शाखा अधिकृतमा सिफारिस भएकी हुन् । यसअघि विना सुर्खेत जिल्ला अदालमा नासुमा कार्यरत थिइन् भने मनबहादुर आफ्नै गृह पालिका ठाटीकाँधमा अधिकृत स्तर छैटौँ तहमा कार्यरत थिए ।

मनबहादुर ०७३ सालमा निजामती सेवामा सेवा प्रवेश गरेका थिए भने विनाले ०७४ सालमा प्रवेश गरेकी हुन् । लोक सेवाको तयारी गर्दै गर्दा नेपालगञ्जमा दुई जनाको पहिलो भेट भएको थियो । दुवै जना पढाई प्रति निकै लगाव राख्थे । ०७७ सालमा विवाह गरेका उनीहरू निम्न मध्यम पारिवारिक पृष्ठभूमिमा हुर्के बढेका हुन् । दुवैको पढाई एसएलसीसम्म मध्यम स्तरको थियो । ‘साइन्स’ विषय पढेका दुवै जनाले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर गरे । 

श्री बालकल्याण आधारभूत विद्यालय गुयालसिममा प्राथमिक तहको अध्ययन गरेका मनबहादुरले श्री कृष्ण माध्यमिक विद्यालय लकान्द्रबाट एसएलसी पास गरेका थिए । त्यसपछि होलिल्याण्ड उच्च माध्यमिक विद्यालय नेपालगञ्जमा कक्षा १२ र १२ सम्मको अध्ययन गरे । विनाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी बर्दियाबाट एसएलसी दिएकी हुन् भने त्रि–भुवन उच्च मावि कोहलपुरबाट कक्षा १२ पास गरेकी थिइन् ।

मनबहादुरले रातोपाटीसँग भने,‘आखिर संघर्ष नै सफलता रहेछ ।’ सामान्य परिवारमा जन्मेको उनका लागि पढाइको संघर्षका दिनहरू निकै प्रेरणादायी छन् । घरमा दुई भाइ र तीन बहिनी । घर खर्च जुटाउन र छोराछोरीको शिक्षा–दीक्षाका लागि बुबा भारतको कालापहाडमा मजदुरी गर्थ जान्थे । ‘बुबाको मजदुरीबाट कमाएको पैसाले घर खर्चसँगै पढाई गर्नुपर्ने बाध्यता थियो,’ उनले भने ।

मनबहादुर पनि ३ पटक पैसा कमाउन कालापहाड गएको बताउँछन् । निजामती सेवाको प्रवेशसँगै केही समय मुगुको रारा राष्ट्रिय निकुञ्जमा काम गरेको अनुभव उनीसँग छ । ‘संघर्ष गर्दै गर्दै आइयो, संघर्ष नै प्राप्ति रहेछ,’ उनले भने । 

श्रीमान्–श्रीमती नै प्रतिस्पर्धी 

शाखा अधिकृतको तयारी गर्दै गर्दा श्रीमान्–श्रीमतीबीच नै प्रतिस्पर्धा चल्थ्यो रे । त्यही कारणले सफलता प्राप्त हुन सकेको मनबहादुरले बताए । उनी भन्छन्,‘उनले लेखेको कुरा मैले हेर्थे भने मैले लेखेको कुरा उनले हेर्थिन्, एकले अर्कोको कमीकमजोरी पत्ता लगाएर सोको सुधारतर्फ हाम्रो ध्यान जान्थ्यो । त्यही कारण आज शाखा अधिकृत पास गर्न भयौँ ।’ 

पश्चिम दैलेख जस्तो गाउँमा बसेर पढाई गर्न निकै कठिन थियो । ‘छैटौँको जागिर खाएर गाउँमा पढ्ने चानचुने कुरा थिएन, अहिलेसम्म गाउँमा न बत्ती पुगेको छ, न नेटको पहुँच,’ उनी भन्छन् ।

उता विना जिल्ला अदालतमा जागिरे थिइन् । ‘एकातर्फ घर व्यवहारको पनि रेखदेख गर्नै पर्ने अर्कोतर्फ बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म काममा व्यस्त हुनुपर्थ्यो,’ विनाले भनिन्,‘ बचेको समयलाई खेर जान नदिएर अध्ययन गर्थे ।’ विनाको शब्दलाई क्याच गर्न सक्ने क्षमता धेरै छ । जसका कारण पहिलो प्रयासमा खुल्लातर्फ शाखा अधिकृतमा सफल भइन् । शाखा अधिकृतको स्थायी नियुक्ति प्राप्त गरिसकेपछि थापा दम्पतीले भने,‘कैयौँ सपनालाई मारेर आज एउटा सपना पुरा भएको छ ।’ -रातोपाटी बाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!