विराटनगरमा जब रजस्ती कर णी गरी भारत लैजान खोज्ने दुईजनालाई प्रहरीले प क्राउ गरेको छ ।
रोजगारीको खोजीमा हिँडेका एक महिला र एक नाबालिगलाई होटलमा राखेर जब रजस्ती कर णी गरी रोजगारी दिने बहानामा भारत लैजाँदै गर्दा दुई भारतीयलाई जिल्ला प्रहरी कार्यालय मोरङले जोगवनी नाकाबाट प क्राउ गरेको हो ।
झापाको कन्काई नगरपालिका ४ बस्ने २७ वर्षीया महिला र १४ वर्षीया नाबालिग कामको खोजी गर्दै माघ १२ गते विराटनगरको बसपार्कस्थित हिमालय होटलमा पुगेका थिए ।
त्यही होटलमा बसेका भारतीय नागरिक ४० वर्षीय बाबु साहेब र मोहम्मद जाहागीरले उनीहरूलाई रोजगारी दिने भन्दै विराटनगर १८ रानीस्थित हिमालय गेस्ट हाउसमा पुर्याएर जब रजस्ती क रणी गरेको खुलेको छ ।
जब रजस्ती क रणी गरी रोजगारी दिने बहानामा भारत लैजाँदै गर्दा जोगवनी नाकामा प क्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द दर्नालले जानकारी दिए ।
भारत लैजाँदै गरेको अवस्थामा उनीहरूलाई प क्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए ।





















Discussion about this post