पुस २० गते। धनुषामा वेवारिसे अवस्थामा एक महिलाको श व फेला परेको छ ।
जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ मा स्थानीय मनोज यादवको खेतको पूर्व डिलमा रुखमुनि एक भारतीय नागरिकको श व फेला परेको हो ।
बेबारिसे अबस्थामा फेला परेको करिब ५५ वर्षीया महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
मृतक महिलाको झोलामा खोजबिन गर्दा सानो चिटमा भारतीय नम्बर फेला परेको र सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको प्रवक्ता क्षेत्रीले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




















Discussion about this post