nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सहाबुन खातुनको वेदना : २ लाख ऋण दिएका साहुले मागे १ करोड ८५ लाख

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १५, २०७९, ८:३४ मध्यान्ह
सहाबुन खातुनको वेदना : २ लाख ऋण दिएका साहुले मागे १ करोड ८५ लाख

सिरहा । मिटर ब्याजीको जालमा फसेकी सुखीपुर नगरपालिका- ५ लरकन्हाकी सहाबुन खातुन घरबारविहीन बन्ने अवस्थामा पुगेकी छन् ।

भएको सबै जग्गा मिटर ब्याजीले हडप्न खोजेपछि उनी न्यायका लागि भौतारिइरहेकी छन् ।

१५ वर्ष अगाडि उनका श्रीमान सहाबुद्दिन खान (निधन भइसकेको)ले स्थानीय असर्फी मुखियाको नाममा १४ कट्ठा जग्गा दृष्टिबन्धक राखेर १ लाख रुपैयाँ कर्जा लिएका थिए ।

सहाबुद्दिन बेरोजगार थिए । आमा बिरामी परेपछि उपचार गराउन मुस्किल भयो । आमाकै उपचार गराउन उनले सयकडा ३ रूपैयाँ ब्याजमा असर्फीबाट ऋण लिएका थिए ।

एक वर्षपछि असर्फीले पैसाको काम पर्‍यो भनेर ऋण तिर्न सहाबुद्दिनलाई दबाब दिन थाले । तर, सहाबुद्दिन ऋण तिर्नसक्ने अवस्थामा थिएनन् ।

साहुको दबाब थेग्न नसकेपछि उनले औरही गाउँपालिका ४ का बेचन यादव (महराजी)सँग २ लाख १० हजार रुपैयाँ ऋण लिए । त्यो रुपैयाँले असर्फीको ऋण र ब्याज चुक्ता गरे । अनि असर्फीबाट १४ कट्ठा जग्गा बेचनको नाममा सारिदिए ।

बेचनलाई पनि उनले सयकडा ३ रुपैयाँ ब्याज दिने सहमति गरेका थिए । १४ कट्ठा जग्गा राख्दासमेत बेचनले थप जग्गा पास गर्न दबाब दिए । उनको आँखा सहाबुद्दिनको करिब ८ कट्ठा रहेको घडेरीमा परे ।

सहाबुद्दिन घडेरी जग्गा उनलाई पास गर्ने पक्षमा थिएनन् । पछि बेचनले अन्य मान्छेहरुबाट दबाब दिन लगाए । यद्यपि सहाबुद्दिन तयार भएनन् । पछि धाकधम्की दिन थालेपछि घडेरी जग्गा पास गर्न पनि विवश भए ।

घरमै गएर धाकधम्की लगाएपछि सहाबुद्दिनले घर बनाइ बसोबास गरिरहेको ८ कट्ठा जग्गा बेचनको बुहारी इन्दिरादेवीको नाममा पास गरिदिए । उक्त जग्गा पास गरेको दोस्रो दिन सहाबुद्दिनको हर्टअट्याक भएर ज्यान गयो ।

सहाबुन भन्छिन्, ‘म माइत गएको थिएँ । साहु बेचनले लठैत लगाएर मेरो श्रीमानबाट जबरजस्ती घडेरी जग्गा पास गराए । जग्गा पास गरेर घर आएलगत्तै मलाई श्रीमानले फोन गरेर भन्यो घर आऊ, नत्र मेरो मरेको मुख हेर्छौ ।’

भारतको सुपौलमा रहेकी उनी श्रीमानले आत्तिएर फोन गरेकै दिन घर आउन सकिनन् । सहाबुनले भनिन्, ‘भोलिपल्ट बिहान घर आएपछि थाहा पाएँ कि जबरजस्ती साहुले जग्गा पास गरायो ।

रातिमा उहाँ सुत्नुभयो । केही घण्टामै उहाँ छटपटाउन थाल्नुभो । कसैलाई केही भन्न पनि सकिनँ । हतार हतार भारतको दरभंगा लग्न खोजे । तर, बाटोमै अल्लाहको प्यारो बन्यो ।’

साहुकै कर्तुतका कारण श्रीमान गुमाएकी उनी त्यतिवेला प्रशासनमा पुग्न सकिनन् । उनी भन्छिन्, ‘त्यो वेला दिमागले काम गरेन । टेन्सन थियो । कसैले सहयोग पनि गरेनन् । पछि प्रशासनमा पुगेपछि शव ल्याउन भन्यो । अनि म कबरगाहबाट उखालेर कसरी लग्थे ?’

आफू कम बुझ्ने भएकै कारण केही गर्न नपाएको उनको भनाइ छ । मिटर ब्याजीकै कारण १४ वर्ष अगाडि सहाबुनले श्रीमान गुमाइन् । अहिले उनलाई जग्गामा घर हटाउन र रुखहरु नकाट्न भन्दै साहु बेचन र उनका आफन्तले धम्काइरहेका छन् ।

५ वर्ष अगाडि जग्गा फिर्ता गर्न बेचनले सहाबुनसँग ४० लाख रुपैयाँ मागेका थिए । अब १ करोड ८५ लाख रुपैयाँ माग्न थालेको सहाबुनले बताइन्् ।

उनले भनिन्, ‘म पटक-पटक जग्गा फिर्ताका लागि उहाको घर पुगें । तर, जहिल्यै बहाना बनाउनुभयो । अहिले १ करोड ८५ लाख रुपैयाँ माग्छन् । म कहाँबाट त्यति रुपैयाँ तिर्न सक्छु ?’

बेचनले मूल धन २ लाख १० हजार रुपैयाँको सयकडा ३ रुपैयाँका दरले ब्याज जोड्दा त्यति भएको बताउने गरेको सहाबुनले सुनाइन् । ‘त्यति रुपैयाँ तिर्न नसके घर खाली गर भन्छन् । फोनमा धम्की दिन्छन्’, उनले भनिन् ।

उक्त जग्गा अहिले प्रतिकट्ठा २०/२५ लाखको दरले बिक्री हुन्छ । ‘सरकारी ब्याजअनुसार जोडेर दिन तयार छु । बाँकी जग्गा जुन छ, त्यो मेरो बालबच्चाका लागि छाडिदियोस्’, उनले रुँदै भनिन्, ‘मेरो जग्गा फिर्ता गराइदिनुस् । बसेको घर उजाडेपछि बर्बाद भइहाल्छु ।’

उनले जग्गा फिर्ता नगरे आ त्मह त्या गर्ने चेतावनी दिएकी छन् ।

साभार स्रोत-नेपाल प्रेस अनलाईन बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि