पुस १३ गते । सप्तरीको बोदे बरसाईन नगरपालिका–४ सिल्हटमा गए राति आगलागी हुँदा एक जनाको जलेर मृ त्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लामखुट्टे धपाउन गोठघरमा बालिएको आगो सल्किँदा गोठमै आगो लागेपछि जलेर सप्तरीको बोदे बरसाइन नगरपालिका ४ मा ८० वर्षीय मुक्ति राउतको मृ त्यु भएको हो ।
प्रहरीका अनुसार घुरबाट गोठघरमा आगो सल्किँदा वृद्ध राउत गोठमै रहेको बाकसमाथि सुतिरहेका थिए ।
आगलागी भएको बेला सुतिरहेका उनले आगो लागेको थाहा पाएपछि निस्किन नसक्दा ज्या न गएको स्थानीयले बताए । उनलाई आगोबाट निकाल्न खोज्दा २५ वर्षीय नातीको हात जलेको छ ।




















Discussion about this post