nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राजविराज नगरपालिकाले दैनिक ज्यालादारी कर्मचारीको तलब रोक्का

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २३, २०७९, ६:३० मध्यान्ह
बक्यौता नबुझाएपछि राजविराज नगरपालिकाको विद्युत् लाइन काटियो

राजविराज। राजविराज नगरपालिकाले दैनिक ज्यालादारीका अधिकांश कर्मचारीको तलब रोक्का गरेको छ । कार्यालयमा आवश्यक नै नभएको कर्मचारी तोक आदेशका भरमा नियुक्त गरिएको समाचार प्रकाशित भएपछि उनीहरूको तलब रोक्का गरिएको हो ।

केही महिनायता कार्यबाहक नगरप्रमुख ईसरत परविण, प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु र यसअघिका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवको तोक आदेशकै भरमा १० जनालाई दैनिक ज्यालादारीमा नियुक्ति दिइएको थियो ।

यसअघि नै दैनिक ज्यालादारी र करारका कर्मचारीको भार थेग्न ग्राह्रो भइरहेको पालिकामा तोक आदेशकै भरमा दैनिक ज्यालादारीमा कर्मचारी नियुक्त गरिएपछि मासिक चार लाख रुपैयाँ व्ययभार थपिएको थियो । ‘पहिलादेखिकै दैनिक ज्यालादारीको भार थेग्न नगरपालिकालाई संकट थियो, अहिले फेरि १० जना थपिएपछि आर्थिक व्ययभार थपिन गयो,’ पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले भने, ‘६० जनाभन्दा बढी दैनिक ज्यालादारी कर्मचारीको तलब सोमबारदेखि रोकिएको छ ।’

पालिकामा १ सय ३० जना भन्दा बढी दैनिक ज्यालादारीमा कार्यरत छन् । ‘केही ज्यालादारी कर्मचारी स्थायी कर्मचारीलाई पनि टेर्दैनन्,’ उनले भने, ‘नगर सफाइमा खटिएका स्विपर र चालकबाहेक करिब ६० जना दैनिक ज्यालादारीका कर्मचारीको तलब रोकेका छौं, उनीहरूलाई हटाउने तयारी गरिरहेका छौं ।’

नगरपालिका स्रोतका अनुसार दैनिक ज्यालादारीका कर्मचारीमा मात्र नगरपालिकाको मासिक २० लाख रकम खर्च हुँदै आएको छ । ‘दैनिक ज्यालादारीका कर्मचारीका लागि कात्तिक र मंसिर महिना तलब खुवाउन सोमबार लेखा शाखाबाट चेक आयो मैले रोकें,’ अधिकृत सोनुले भने, ‘आवश्यक नभएको कर्मचारी राखेर नगरपालिकालाई थप संकटतर्फ जान दिन्नँ ।’ ज्यालादारीेका केही कर्मचारीले नियुक्तिअनुसारको काम गर्न पनि नजान्ने उनले बताए ।

‘दरबन्दीअनुसार कर्मचारी आवश्यक भए कि त खुल्ला प्रतिस्पर्धा गरिनुपर्‍यो वा लोकसेवा आयोगमा लेखी पठाउनुपर्‍यो,’ सोनुले भने, ‘संरचनागत रूपमा समायोजन भई कर्मचारीको पूर्ण सर्वेक्षण गरी मात्र खुल्ला प्रतिस्पर्धाद्वारा भर्ना गर्दा राम्रो हुनेछ ।’

साभार स्रोत-कान्तिपुर बाट

Tags: मधेस प्रदेश खबरसप्तरी खबर

Discussion about this post

Related Posts

बिहारमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

बिहारमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि