nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बिष्णुपुर गाउँपालिकाकाले कृषि मिटरको बिल भुक्तान गर्ने

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २२, २०७९, २:५४ मध्यान्ह
सप्तरीको बिष्णुपुर गाउँपालिकाकाले कृषि मिटरको बिल भुक्तान गर्ने

सप्तरी/मंसिर २२ गते। सप्तरीको बिष्णुपुर गाउँपालिकाकाले विकास बजेटको ठूलो भाग कृषि र शिक्षा क्षेत्रको उत्थानमा खर्च गर्ने निर्णय गरेको छ ।

बजेट छरेर सिध्याउनु भन्दा हरेक वर्ष एउटा/दुईवटा ठोस र अतिआवश्यक विषयमा पुग्ने बजेट विनियोजन गर्ने सोच अनुसार यस वर्ष गाउँपालिकाले कृषि र शिक्षा क्षेत्रलाई उच्च प्राथमिक्तामा राखी बजेटको ठूलो भाग कृषि विद्युतीकरण विस्तार तथा शैक्षिक सुधार शीर्षकमा विनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले सिँचाई अभावले समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउन यस पटक कृषि सिँचाई विद्युतीकरण योजना विस्तारका लागि १ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । “पाँच वर्ष भित्र किसानको खेत÷खेतमा सिँचाईका लागि पानी पु¥याउन र वर्षैभरि मौसम अनुसारको खेतीपाती गर्न उक्त परिमाणको रकम विनियोजन गरेका छौं, अध्यक्ष यादवले भने–‘यसका लागि गाउँपालिकाको सातैवटा वडामा रहेका खेतमा सिँचाइका लागि नेपाल विद्युत प्राधिकरणसंग आवश्यक पहल थालेका छौं ।” उनले विद्युत लाईन विस्तार भएपछि ट्रान्सफरमर जडान गरी उक्त परियोजना अन्तर्गत किसानले कृषि प्रयोजनका लागि प्रयोग गर्ने सम्पूर्ण विद्युतको महसुल गाउँपालिकाले नै तिर्ने निर्णय भएको जानकारी दिए ।

सिँचाई सुविधा नपुगेको र पर्याप्त वर्षा नहुँदा किसानले रोपाई गर्न वर्षेनि दुःख भोग्नु परिरहेकाले पाँच वर्ष भित्र उक्त समस्याको स्थायी समाधान खोज्ने लक्ष्यका साथ पर्याप्त बजेट विनियोजन गरिएको र यो कार्य आगामी वर्षमा समेत निरन्तरता पाउने अध्यक्ष यादवले बताए । सो गाउँपालिकामा करिब ४ हजार हेक्टर खेतीयोग्य जग्गा छ ।

जिल्लाभरमा कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ७२ हजार हेक्टर क्षेत्रफल जग्गामा किसानले वर्षेनि धान र ३ सय हेक्टर क्षेत्रफलमा चैतेधान लगाउदै आएको कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याँक छ । सिँचाईको अभाव र पर्याप्त पानी नपर्दा जिल्लाका प्राय सबै जसो पालिकामा किसानले आकासे खेतीमा भर पर्ने अवस्था छ । कृषि पछि शिक्षा र स्वास्थलाई उच्च प्राथमिक्तामा राख्दै काम गर्न थालेको अध्यक्ष यादवको भनाई छ ।

गाउँपालिका क्षेत्र भित्रको शैक्षिक सुधारका लागि पनि यस वर्ष ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं,उनले भने–‘यस योजना अन्तर्गत गाउँपालिका भित्रका सबै विद्यालयको स्तरोन्नति, आवश्यक जनशक्तिको व्यवस्थापन, कक्षा कोठाहरुमा पंखाको व्यवस्था, गरिब, जेहेन्दार विद्यार्थीलाई विद्यालय सम्म पहुँच बढाउन घर दैलो निःशुल्क शैक्षिक सामग्री र पूर्ण छात्रवृत्ति प्रदान लगायतका सेवा सुविधा उपलब्ध गराइने उनले बताए । अध्यक्ष यादवले भने–‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु ” जस्ता नारा कार्यालयको भित्ता र आफ् नो कार्यकक्षको मूल ढोका मै टाँसेर काम गर्दै आएको छु । विकासका लागी भ्रष्टाचार रोक्नु पहिलो आवश्यक्ता रहेको छ ।’

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा समेत पर्याप्त बजेट छुट्टयाएको प्रमुख प्रशासकीय अधिकृत रमेश यादवले बताए । मातहतका स्वास्थ्य संस्थाहरुलाई जनशक्ति, औषधि र उपकरणले सुसज्जित बनाउन पर्याप्त बजेट छुट्टयाइएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । यस क्रममा मुटु, क्यान्सर, मृगौला लगायत गम्भीर प्रकृतिका रोगीको उपचार खर्च सहयोगका लागि समेत बजेट विनियोजन गरिएको बताउदै उनले निकट भविष्य मै एम्बुलेन्स खरिद गर्न लागेको जानकारी पनि दिए । उक्त एम्बुलेन्सबाट गरिब असहाय तथा गर्भवती महिलालाई उपचारका लागि बाहिर लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने उनको भनाइ थियो ।

यस्तै गाउँपालिका भित्रका गरिब, असहाय, दलित महिलालाई १/१ थान खाना पकाउने सिलिन्डर सहितको ग्यास चुल्हो तथा आयआर्जनका लागि पशुपालनमा प्रोत्साहन र सीपमूलक तालिम सहित आवश्यक समाग्री प्रदान गर्ने निर्णय भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

साभार स्रोत-ईजनकपुर टुडे बाट

Tags: मधेस प्रदेश खबरसप्तरी खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!