nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : दुलही भित्र्याउन नपाउँदै ५ जनाको मृ त्युले विहेघरमा शोक

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १७, २०७९, ८:५३ मध्यान्ह
महोत्तरी : दुलही भित्र्याउन नपाउँदै ५ जनाको मृ त्युले विहेघरमा शोक

शैलेन्द्र महतो/जनकपुरधाम/मंसिर १७ गते । शुक्रबार दिउँसो महोत्तरीको पिपरा गाउँपालिका–२ गमहरियाका सञ्जीव साहको विहे थियो । दुलही लिन जन्तीसहित इटहरीको खनारचोक जानुपर्ने थियो ।

दुलाहा र जन्ती टोली कार, जिप र भ्यान गरी २० वटा गाडीमा गएको थियो । स्वयंवर सकिएपछि घर टाढा रहेको भन्दै ७ वटा गाडीमा अट्ने जन्तीहरु घरतर्फ फर्कियो । अरु गाडी विवाह सकिएपछि फर्किने भन्दै विवाहस्थलमै रह्यो ।

घर फर्किएकोमध्ये महिला र बालबालिका चढेको एउटा भ्यान शनिबार बिहानै साढे ४ बजे वीरेन्द्रबजारमा दुर्घटनामा पर्‍यो ।

जन्ती लिएर फर्किदै गरेको ना १ ज ८३९६ नम्बरको भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको भ्यान ठोक्किँदा घटनास्थलमै ५ जनाको मृत्यु भयो भने ९ जना घाइते भएका छन् । जसमा ४ जना बेहुलाका आफन्त र एक जना गाडी चालक रहेका छन् ।

यो दुर्घटनाले बेहुली फर्किन नपाउँदै विवाह उत्सव शोकमा परिणत भएको छ । परिवारजनहरु शोकमा डुबेका छन् । विवाह घरमा सन्नाटा छाएको छ । ‘दुलही पनि भित्र्याउन पाएको छैन ।

दुर्घटनाले हाम्रो परिवारमा अकल्पनीय क्षति भएको छ । परिवार गाउँ आफन्त सबै शोकमग्न भयो’ दुलाहाका काका देवु साहले भने ।

घाइतेहरुको उपचार भइरहेको प्रादेशिक अस्पताल जनकपुरमा आफन्तहरुके रुवाबासी छ । ‘कहाँ छ मेरो नाति रु कहाँ छिन् मेरी छोरी ? ‘’ महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाकी ६४ वर्षीया शोभा साह विलाप गरिरहेकी छन् ।

शोभा छोरी र नातिनीलाई हेर्न चाहन्थिन् । साथमा रहेका आफन्त उनलाई रोक्थे, सान्त्वना दिन्थे । छोरा नाति सकुशल छन्, उपचार हुँदैछ भनेर ।

जन्ती बोकेको भ्यान दुर्घटनामा हुँदा शोभाकी ३५ वर्षीया छोरी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सीयाहीकी रुवीकुमारी साह र नाति ११ वर्षीय यशकुमार साहको मृत्यु भएको थियो ।

यशकुमार शोभाका छोरा रुपेशका छोरा हुन् । दिदी रुवी र छोरा यशकुमारको मृत्युले रुपेश गम्भीर पीडामा छन् । उनकी श्रीमती प्रियंका सवारी दुर्घटनामा घाइते छिन् ।

रामगोपालपुर नगरपालिका–७ सहसौलाका जीवछ साहले पनि आफूलाई सम्हाल्न सकेका छैैनन् ।

उनका छोरीहरु १३ वर्षीया सिर्जना र १८ वर्षीया मञ्जुको सोही दुर्घटनामा मृत्यु भएको छ । चार सन्तानका बुबा जीवछको मञ्जु माहिली र सिर्जना कान्छी छोरी हुन् । दुर्घटनामा विंगर चालक धनुषाको धनौजी गाउँपालिका–४ अब्दुल मन्सुरको मृत्यु भएको छ ।

घाइते ९ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । मृतकहरुको शवलाई पोस्टमार्टम गरी आफन्तजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपक रायका अनुसार घाइते हुनेहरुमा महोत्तरीको लोहारपट्टी नगरपालिका–४ कि १४ वर्षीया प्रतीक्षा साह र १४ वर्षीया कविता साह, धनुषाको मुखियापट्टी मुसहरनिया–४ का ३५ वर्षीय सञ्जय साह, ३ वर्षीया अरुसा साह, ६ वर्षीय अर्नव साह, १० वर्षीया आयुश साह, पिपरा गउँपालिका–२ कि २६ वर्षीया प्रियंका साह, ४ वर्षीय अंयुस साह ४ र ५ वर्षीय प्रतिका साह रहेका छन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि