nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा विजय उत्सवमा विपक्षीलाई कु टपिट, सात जना घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १५, २०७९, ७:५२ मध्यान्ह
महोत्तरीमा विजय उत्सवमा विपक्षीलाई कु टपिट, सात जना घाइते

महोत्तरी/मंसिर १५ गते। महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका एमालेका लक्ष्मी महतोको विजय उत्सवमा हिडेका गौशाला २ निगौलका अध्यक्ष श्याम सुन्दर मण्डलको नेतृत्वले विपक्षी दलका सात जना व्यक्तिलाई कु टपिट गरेका छन् ।

मंगलबार राति सा“ढे ८ बजे वडाध्यक्ष मण्डलको टोलमा लक्ष्मी महतोले जितेको खुशीयालीमा दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलन पछि डिजे बजाएर टोल घुम्ने क्रममा एक किराना पसलको अगाडि बसिरहेका कमलेश कुमार मण्डल,वीरेन्द्र मण्डल र राकेश महतोमाथि वडाध्यक्ष मण्डलसहित २०÷३० जनाको समूहले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

अचानक डिजे लिएर आउनेहरुले आफ्नो पसलमा बसिरहेका मानिसमाथि कुटपिट गरेको र आफूलाई पनि अपमानजनक व्यवहार गरेका किराना पसल संचालक केवला देवीले बताइन् । पसलको बाहिर बसिरहेको समयमा अचानक आफूमाथि प्रहार भएको र भागेर बच्न खोज्दा पनि पसलेको घरभित्रै गएर ढोकासमेत फोडि आफूमाथि कुटपिट गरेको घाइते कमलेश कुमार मण्डलले बताए । उनको गाला र कानमा चोट लागेको छ । गौशाला २ कै रामछविला साह घटना भएको ठाउ“मा हेर्न गएको बेला आफूमाथि आक्रमण भएको बताए । उनको टाउकोमा चोट छ । उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्रमा गएका साहमाथि पुनः अस्पतालमा पनि हातपात भएको साहले बताए । उनको टाउकोमा ६ वटा टाका लगाइएको प्राथामिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

उपचारका लागि अस्पताल गएका घाइतेलाई पुनःत्यही समूहका केही मानिस गएर सा“ढे ११ बजे राति पुनः हातपात गरेको पीडितहरुले बताएका छन् । प्राथामिक केन्द्रमा उपचाररत घाइतेमाथि मध्यरातमा मानिसहरु आएर कुटपिट गरेका प्राथामिक केन्द्रका स्वास्थ्यकर्मी राजीव साहले जानकारी दिए । अस्पतालमा विरामी लिएर गएको समय वडाध्यक्ष नेतृत्वको टोलीले पुनःहातपात गरेको र आफूसंग भएको मोबाइल र ४० हजार पैसा पनि लिएर गएका घाइतेका आफन्त दिनेश कुमार सिंहले बताए ।

भर्खरै सकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामको विषयलाई लिएर आफूहरुमाथि हातपात भएको पीडितहरुले बताएका छन् । निर्वाचित महतोको पकेट मत क्षेत्र मानिएको गौशाला २ मा ३२ सय मत खसेको थियो । त्यसमध्ये २५ सय मत महतोलाई खस्नुपर्ने दाबी गरिएको क्षेत्रमा १८ सय मत मात्रै महतोलाई खसेको थियो । विपक्षी गठबन्धनले भोट विगारेको भन्दै गठबन्धनमा सहभागी भएकै आधारमा कुटपिट भएको आरोप पीडितहरुको छ ।

वडाध्यक्ष श्यामसुन्दर मण्डलले आफूहरुको समूहले कुटपिट नगरेको दाबी गरेका छन् । आफ्नो घर अगाडि दीप प्रज्वलनपछि विजय उत्सवमा निस्केको डिजे सहितको टोलीलाई विपक्षीको घर,आ“गन नजिक जान नदिनेगरी अवरोध गरेपछि दुबै पक्षबाट हातपात भएको बताए । उनले आफ्नो समूहमा रहेका ३ जना घाइते भएको जानकारी दिए । भोट नदिएको वा गठबन्धनमा सहभागी भएको विषयमा नभइ विपक्षीलेनै विजय उत्सवमा अवरोध गरेको उनको आरोप छ । पीडितहरुले प्रहरी र प्रशासनले आफूहरुलाई साथ नदिएकमो बताएका छन् । प्रहरीले भने दुबैतर्फबाट झडप भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकाले अहिले कसैलाई पक्राउ गरिहाल्ने अवस्था नरहको जनाएको छ ।

के विषयमा किन र कसरी कुटपिट भएको भन्ने विषय अहिले अनुसन्धानमै रहेकाले यस विषयमा कसैलाई कारबाही गरिहाल्ने अवस्था नरहेको र मुद्दा र अनुसन्धानपछि दोषीमाथि कारबाही हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताएका छन् ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि