nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अनि नेहा प्रहरीसम्म पुगिन्

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १, २०७९, ८:२४ मध्यान्ह
महोत्तरीको नेहा चौधरी घटनाको छानविन गर्न प्रहरी प्रधान कार्यालयलाई मधेशी आयोगद्वारा पत्राचार


महोत्तरी/मङ्सिर १ गते। दिदीको विवाहमा जन्ती आएका डा. पंकज चौधरी नेहा चौधरीको आँखामा परे । दिदी (ठूलोबुबाकी छोरी) रागिनीका देवर पर्थे पंकज । परिवारभित्रकै नातेदार भएकाले उनीहरूको भेट हुन थाल्यो । काठमाडौं बसेर पढ्दै गरेकी नेहा र काठमाडौंमै डाक्टरी पेसा गर्ने पंकजबीच मन मिल्यो ।

महोत्तरीको औरही–१ घर भएकी नेहा र रामगोपालपुर–५ घर भएका पंकजका परिवारले एक वर्षभित्रै विवाहको कुरा टुंग्याए ।

०७७ फागुनमा नेहाको परिवारले होटलमा १० लाख खर्च गरेर टीकाटालो गरे । त्यसपछि नेहाकी कान्छी बहिनीले आफूखुसी विवाह गरिन् । बहिनीले अगाडि नै बिहे गर्दा बदनाम भएको भन्दै पंकज पक्षले विवाह गर्न आनाकानी गर्‍यो । विभिन्न बहाना बनाएर विवाह एक वर्षपछि धकेलिएको नेहाका बुबा सुरेश बताउँछन् । आफूलाई एमडी पढाउने खर्च दिनुपर्ने पंकजको माग इन्कार गरेपछि विवाहको समय धकेलिएको उनको भनाइ छ ।

०७८ फागुन २५ गतेलाई टुंगो लागेपछि दुवै परिवारले जनकपुरको होटल राजदरबारमा विवाह गराउने सहमति गरे । औरही बजारमा भएको घर र नजिकैको जग्गा बेचेर बिहेमा डेढ करोड खर्च भएको बुबा सुरेश बताउँछन् । ‘छोरीलाई कुनै तनाव नहोस् भनेर पंकजको परिवारले भनेझैं सबै सामान किनेर दियौं,’ उनले भने, ‘विवाह र टीकाटालो गरेको होटलमा मात्रै ३० लाख खर्च भएको छ ।’

पंकज काठमाडौंस्थित ग्रान्डी र नर्भिक अस्पतालका जनरल फिजिसियन हुन् । काठमाडौं बसेर पढिरहेकी नेहालाई विवाह सकेर पढाउने भन्दै टीकाटालोपछि नै पंकजकै परिवारले पढाइ छुटाएको थियो । १२ कक्षा सकेकी नेहाले श्रीमान्सँगै बस्ने र पढाइ अघि बढाउने प्रस्ताव राखिन् । उक्त प्रस्ताव अस्वीकार गर्दै परिवारले शारीरिक हिंसा सुरु गरेको नेहाको भनाइ छ । बुहारीले घर छाडेर श्रीमान्सँग बस्न नमिल्ने भन्दै पंकजकी दिदी रेखाले सम्झाएपछि आफूले प्रतिवाद गरेको उनले बताइन् । ‘दिदीलाई जवाफ लाएको भन्दै त्यसपछि पंकजले कुट्न थाले,’ नेहाले भनिन्, ‘अस्पतालमै उपचार गर्नुपर्ने अवस्था भयो । शरीरमा जताततै टोकेर घाइते बनाइदिएका छन् । म अझै ठीक भएकी छैन ।’

आफू कुनै हालतमा विवाह तोड्न नसक्ने तर न्याय चाहिने उनले बताइन् । ‘काठमाडौंमा बस्छु भन्दा तेरो माइतीले घर दाइजो दिएको छ र भन्छन्, माइतीलाई घर किनिदिन भन् भन्दै मानसिक तनाव दिन्छन्,’ उनले भनिन् ।

विवाहको आठ महिना नबित्दै नेहामाथि चार पटक निर्घात कुटपिट भएको माइती पक्षले बताएको छ । असोज २१ गते राति ८ बजे सासू गोदावरीदेवी र पंकज मिलेर मरणासन्न हुने गरी पिटेको र आफूहरूले ज्यान जोगाएर ल्याएको नेहाकी आमा बिन्दादेवीले बताइन् । ‘सम्धी रामप्रवेशले फोन गरेर तपार्इंको छोरीले झगडा गरेकी छ, उसको हालत खराब भइसकेको छ भनेपछि हामी गएर बचाएर ल्यायौं,’ उनले भनिन्, ‘जताततै नीलडाम र चोटपटकसहित घाइते भएर आएकी छोरीलाई कसरी फेरि घर पठाउनु ? उसले न्याय पाउनुपर्छ ।’

कात्तिक ४ गते नेहाले पंकजविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसाविरुद्ध उजुरी दिएकी छन् । लगत्तै पक्राउ परेका पंकजलाई घरेलु हिंसामा दुई दिनपछि थुन्न नमिल्ने भएपछि छाडिएको र थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए । घटनाबारे बुझ्न खोज्दा पंकजले प्रहरीमा छलफल र अनुसन्धान भइरहेकाले मुद्दाको किनारापछि मात्रै बोल्ने प्रतिक्रिया दिए ।


कान्तिपुर बाट

Tags: देशको खबरमधेस प्रदेश खबरमहोत्तरी खबर

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि