कार्तिक २९ गते। महोत्तरीमा निर्वाचन बहिष्कार गर्ने गतिविधि गरेको आरोपमा सातजना प क्राउ परेका छन् । उनीहरु बलवा नगरपालिका ७ बनौटाबाट प क्राउ परेका हुन् ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सात जनालाई प क्राउ गरिएको महोत्तरीको प्रहरी नायव उपरीक्षक संतोष पोखरेलले जानकारी दिए ।
प क्राउ पर्नेहरु मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता छन् । पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, राजेश्वर यादवलगायत ६ जना र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री वितरण गरिरहेका थिए । उनीहरु चढेको ज १ च ११७१ नम्बरको टाटा सुमो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।














Discussion about this post